बुधबार, ११ साउन, २०७४
OnlineKhabar.com

एनआईसी एशिया बैंकका ४ नयाँ शाखा सञ्चालनमा

अनलाइनखबर

५ जेठ, काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न ४ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ सञ्चालनमा आएको छ ।

ती शाखाहरु मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव) ले, नयाँ पुल कास्की स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुल बहादुर गुरुङले, सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष, श्री दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा गरेका छन् ।

त्यस्तै, रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको बैंकको दाबी छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

२०७४ जेठ ५ गते ११:५९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this