+
+

माउन्टेन हाइड्रो नेपालले पनि सेयर जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते १२:३७


५ जेठ, काठमाडौं । माउन्टेन हाइड्रो नेपालले पनि सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।

कम्पनीको यो प्रस्ताव यही १९ गते हुने विशेष साधारण सभामा लगिदैछ । कम्पनीले प्रबन्ध पत्र र नियमावलीमा भएको व्यवस्था अनुसार चुक्ता पुँजी पुर्याउन साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले २१.६ मेगावाटको तल्लो हेवा खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । करिब डेढ वर्ष अगाडी ३ अर्ब ६० करोड रुपैयाँ लागतमा यो आयोजनाको काम सुरु भएको हो ।

पाँचथरको फिदिम गाविसमा रहेको यो आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग हुने छ । २०७१ मा कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?