शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

दोलखाको भिमेश्वर नगरपालिकामा एमाले विजयीः मेलुङको पवटी बुथमा ७ गते मतदान हुने

कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै एमाले बन्यो दोलखाको ठूलो दल

अनलाइनखबर

५ जेठ, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिकामा मेयर र उपमेयर सहित बहुमत वडाहरु जितेर नेकपा एमालेले आफ्नो वर्चश्व कायम गरेको छ ।

शुक्रबार बिहान सकिएको मतगणनामा ६ हजार ८ सय ५३ मत प्राप्त गरी एमालेका भरत केसी मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ईश्वर मानन्धरले ५ हजार ८ सय १५ मत प्राप्त गरे ।

त्यस्तै, उपमेयरमा पनि एमालेकै कमला बस्नेत ७ हजार १७ मत प्राप्त गरेर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी  कांग्रेस-माओवादी गठबन्धनकी कमला कार्कीले २ हजार ८ सय ७९ मत प्राप्त गरेकी छन् ।नगरपालिकाका ९ वडामध्ये एमालेले ७ र कांग्रेसले दुई ठाउँ जितेका छन् ।

दोलखाका जिल्लामा अब मेलुङ गाउँपालिका बाहेक अरु सबै स्थानीय तहको निर्वाचन परिणाम आइसकेको छ । दोलखा जिल्लालाई एमालेमुक्त बनाउने घोषणा गर्दै कांग्रेस र माओवादीले जिल्लाभर गठबन्धन गरेका थिए । तर, पनि एमाले जिल्लाका दुवै नगरपालिका र चार गाउँपालिका जितेर सबैभन्दा ठूलो दल बनेको छ ।

कांग्रेसले माओवादीसँग मिलेर दुई गाउँपालिका जित्दा माओवादीले एउटा पनि गाउँपालिका प्रमुख जित्न सकेन । एमालेले भिमेश्वर र जिरी नगरपालिका सहित तामाकोशी, कालिञ्चोक, शैलुङ र गौरीशंकर गाउँपालिकामा जित हासिल गरेको छ ।

कांग्रेसले वैत्यश्वर र बिगु गाउँपालिकामा जितेको छ । ती गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ ।

अब मेलुङ गाउँपालिकाको पवटी बुथमा जेठ ७ गते चुनाव हुनेछ । त्यहाँ बैशाख ३१ गते मतदान भइरहेको बेला कांग्रेसका नेता ताराबहादुर कोइरालाको नेतृत्वमा मतपेटिका नै लुटिएपछि गोली चलेको थियो । प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएको थियो ।

मेलुङमा माओवादीले कांग्रेसलाई समर्थन गरेको छ भने एमाले एक्लै लडेको छ ।

२०७४ जेठ ५ गते १२:४७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Hkrisnna लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:३२

    अन्य पार्टीले मेलुङ्गमा धाँदली नगरेको भए एमाले एक्लैले सबै गठबन्धको सामना गर्न सक्थ्यो

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this