Comments Add Comment

रामेछापको सुनापातिमा माओवादीका धावा लामा विजयी

५ जेठ, काठमाडौं । रामेछापको सुनापाति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै नेकपा माओवादी केन्द्र विजयी भएको छ । सुनापाति गाउँपालिकाको अध्यक्षमा धावा लामाले ४ हजार ७३६ र उपाध्यक्षमा गिता विष्टले ४८२२ मत ल्याएर विजयी भएका हुन् ।

त्यसैगरी निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका जितेन्द्र मोक्तानले ३ हजार ९६६ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकी विनिता खडकाले ३७३३ मत प्राप्त गरिन् ।

सुनापाति गाउँपालिकामा एमाले अध्यक्षका उम्मेदवार  प्रदीप योञ्जनले १ हजार २०१ र उपाध्यक्षका उम्मेदवार पासाङ डोल्मा लामाले १ हजार १९९ मत प्राप्त गरिने ।

त्यसैगरी राप्रपाबाट अध्यक्षको उम्मेदवार रहेकी सुत्रिता घिमिरे खत्रीले ९३ मत प्राप्त गरिन् ।

सुनापाति गाउँपालिकाको पाँच वटै वडामा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ । सुनापति गाउँपालिका–१ गुन्सीमा चण्डेश्वर चौलागाई, वडा नम्बर २ दिमीपोखरीमा कमल केसी, वडा नम्बर ३ हिलेदेवीमा बाबुराम तामाङ वडा नम्बर ४ बेथानमा माओवादीबाटै स्वतन्त्र उम्मेदवार खड्क घिसिङ र वडा नम्बर ५ खनियापानीबाट ठूलोकान्छा तामाङ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment