Comments Add Comment

सुर्खेतको चौकुनेमा एमालेका धिरबहादुर विजयी

अध्यक्ष शाही र उपाध्यक्ष निर्मला राना लगायत एमाले जिल्ला सचिव माेहन बडुवालसंगै

५ जेठ काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

एमालेका धिरबहादुर शाहीले ३२४२ मत ल्याएर माओवादी केन्द्रका खड्क विवस बासपानेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । माओवादी केन्द्रका बासपानेले २७४५ मत प्राप्त गरे । कांग्रेसका गजराज जोशीले २२५० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि एमाले कै निर्मला राना ३३५६ मतका साथ विजयी भइन । उनकी प्रतिद्वन्द्व माओवादी केन्द्रकी विमला जिसीले २३१५ मत प्राप्त गरिन भने तेस्रो भएकी कांग्रेसकी रेणु रानाले २१९४ मत ल्याएकिछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment