Comments Add Comment

कीर्तिपुर जित्दै एमालेले पूरा गर्‍यो शतक, कांग्रेस पछ्याउँदै

५ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेले १०० सिट जितेको छ । पछिल्लो पटक काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर र उपमेयर जितेपछि एमालेले जितेका स्थानीय तहको संख्या शतक पुगेको हो ।

कीर्तिपुरको मेयरमा रमेश महर्जन विजयी भए । उनले ७ हजार ३६० मत पाए भने उपमेयरमा सरस्वती खड्का ७ हजार ६१४ मतसहित विजयी भइन् ।

प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहका लागि भएको निर्वाचनको जारी मत परिणाममा एमाले अगाडि छ । उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ ।

शुक्रबार साँझ ७ बजेसम्म एमालेले १०२ स्थानीय तहमा जितेको छ । जसमा सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा छ ।

यहाँ उसले ४४ स्थानीय तह जितेको छ । काठमाडौं, ललितपुर र भारतपुर महानगरसहित अझै केही स्थानीय तहको मत गणना चलिरहेको छ ।

यसैगरी प्रदेश नम्बर ४ नम्बरमा एमाले दोस्रो हुने देखिएको छ । त्यहाँ उसले २४ सिट जितिसकेको छ भने गणना भइरहेको केहीमा अग्रता लिएको छ ।

प्रदेश नम्बर ६ मा उसले २४ स्थानीय तह जितेको छ ।

कांग्रेस पछ्याउँदै

२४४ स्थानीय तहको मत परिणाम आएको छ । र, कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसले अहिलेसम्म ९५ स्थानीय तह जितेको छ ।
कांग्रेस प्रदेश नम्बर ४ मा पहिलो बन्ने सम्भावना छ । तर, प्रदेश नम्बर ३ मा भने एमाले भन्दा एमाले भन्दा निकै पछाडि परेको छ ।

माओवादीले भने ४५ सिट जितेको छ । उसले धेरै सिट प्रदेश नम्बर ६ मा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment