बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

चितवन पुगेर प्रचण्डले भने-चुनाव गराउनु नै मेरो जित हो

सुवास पण्डित

५ जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा कुनै दल विशेष जित्यो भन्नु भन्दा पनि सिंगो देशले जितेको टिप्पणी गरेका छन् ।

चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन उदघाटन समारोहलाई शुक्रबार सम्वोधन गरेका प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन परीणाम प्रति टिप्पणी गर्दै भने ‘निर्वाचनमा कांग्रेसले जितेपनि, एमालेले जिते पनि, माओवादीले जितेपनि आफैले र देशले नै जितेजस्तो लाग्छ ।’

उनले थपे, ‘मलाई कुन पार्टी जित्यो भन्नेसँग मतलव छैन, घरमा टिभी हेर्न पनि छाडिदिएँ ।’

पहिलो चरणको स्थानीय तहको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन पहिलो चरणको निर्वाचन गर्नुभन्दा अझै बढी चुनौतीपूर्ण र गम्भीर रहेको बताए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई अझै बढी उत्साह र उमंगका साथ सम्पन्न गर्नुपर्ने चुनौती सरकारका सामु रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘आजै मैले दोस्रो चरणको निर्वाचनका सन्दर्भमा छलफल गर्न मधेशी मोर्चा र प्रमुख दलहरुको बैठक बालुवाटारमा बोलाएको छु, एउटा निकास तत्कालै निस्कन्छ ।’

दोस्रो चरणको निर्वाचन पछि देशमा आएको राजनीतिक परीवर्तन संस्थागत हुने विश्वास उनले व्यक्त गरे ।

त्रिवि र एएफयूको विवाद समाधान

नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय कृषि तथा वनबिज्ञान विश्वविद्यालय र त्रिविका बीच देखिएको स्वामित्व हस्तान्तरण सम्वन्धी विवाद मन्त्रिपरिषदबाटै समाधान गरेको दावी प्रधानमन्त्री दाहालले सो अवसरमा गरे । ०७४ बैशाख ७ गते बसेको मन्त्रिपरिषदको बैठकले दुबै विश्वविद्यालयको समस्या समाधानका लागि सुझाव दिन गठित समितिले दिएको प्रतिवदेन पास गरेर कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

सरकारले स्वामित्व हस्तान्तरण सम्वन्धी विवाद समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशीको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

प्रधानमन्त्रीले प्रचण्डले त्रिविको सिनेट बोलाएर बाँकी समस्या समाधान गर्ने प्रतिवद्धता कार्यक्रममा जनाएका छन् ।

अन्य विश्वविद्यालय भन्दा पहिल्यै कृषि तथा वनबिज्ञान विश्वविद्यालय स्थापना हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको शिक्षा किसानहरुको हित र सम्वद्धिसँग जोडिने खालको हुनुपर्ने बताए । सैद्धान्तिक ज्ञान लिने मान्छेहरुका ब्रेन ड्रेन (बौद्धिक पलायन) डरलाग्दो रुपमा रहेको भन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे । ‘जति बढी शिक्षित र प्राविधिक जनशक्ति तयार भएको छ उति नै देश परनिर्भर भएको छ’ प्रधानमन्त्री दाहालले भने ।

‘पोल्ट्रीमा एकदमै मेहेनतका साथ केही साथीहरुले देशलाई आत्मनिर्भर बनाउनुभएको छ, अब सरकारको लगानी र प्रयासमा बन, माछा फलफूल र तरकारीमा पनि आत्मनिर्भर बनाउनुपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

३६ करोडमा शानदार भवन

झण्डै ३३ करोडको सरकारी लगानीमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय सानदार भवन निर्माण पूरा भएको छ । रामपुरमा ३ वटा भवन सरकारको पूर्ण लगानीमा निर्माण गरिएको हो । नवनिर्मित प्रशासकीय भवनमा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, सेवा आयोग, निर्देशनालय, केन्द्र र निर्देशकहरुको कार्यालय रहनेछन् । ५ सय क्षमता भएको बहुउद्देश्यीय सुविधा सम्पन्न हल समेत निर्माण गरिएको छ ।

भवन उदघाटन पछि प्रधानमन्त्री दाहालले भने ‘तपाईहरुले भवन त अन्तर्राष्ट्रिय स्तरकै बनाउनुभएको रहेछ । अब प्रशासनिक काम र गतिविधि अन्तर्राष्ट्रिय स्तरको हुन्छ कि हुँदैन हेर्ने बेला आएको छ ।’

०६७ साल असारमा स्थापना भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय यसअघि भरतपुरको हामिक चोकमा थियो । विश्वविद्यालयमा १ हजार ८८३ विद्यार्थी अध्ययनरत छन् भने, १०७ जना शिक्षक र २५५ जना कर्मचारी कार्यरत छन् ।

२०७४ जेठ ५ गते २०:४५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१९ प्रतिकृयाहरू प्राप्त
  • ABC लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:५३

    Sale jasle jit pani desh le jitne soche kina chorilai jitauna ko laggi kangress ko tanga muni chireko ta looser

    20
    41
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:५७

    चुनाब गराएकोमा त,

    धन्यवाद दिनैपर्छ कामरेडलाई,

    यस्तो प्रतिकूल अबस्थामा पनि,

    पार्टीले त निक्कै सिट पो,

    जित्यो त एमाओबादीले ?

    40
    3
    Share

  • Prashant लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:१२

    Xori lai jabar jasti jitaune pani ta hola nih..

    15
    26
    Share

  • Madan bhandari लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:३२

    PM jyu le nikai nai sakaratmak boli bolnu bhaeko x euta deshko sammanita padama rahanubhaeka byakti le bolne jimmebar bhasha bolnu bhaeko x, dhanyabad prachand lai election sampanna garna saphal hunubhaeko ma

    24
    1
    Share

  • nabin लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:३४

    aaba terai ko chunab bhayo banya mata jeet huncha….

    16
    1
    Share

  • asis sharma लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:३५

    20 barsa samma chunab kasko karan le bhayena? desh dubaune pani maobadi ho desh bechne pani maobadi ho

    11
    26
    Share

  • HIMAL लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:०२

    Good job Prachanda ji

    24
    3
    Share

  • Hari लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:३३

    सायद 2058/59 साल तिर यस्तो सोचिदिएर त्यस समयमा चुनाव हुन दिएको भए, निर्वाचित प्रतिनिधिहरुलाई मार्ने र गाउँबाट धपाउने काम नगरिदिएको भए यति बेलासम्म नेपाल आज कहाँ पुग्थ्यो होला । जनतामा बास्तबिक लोकतन्त्र रहने थियो। जनता अहिले हजारौ गुनाले मालिक बन्ने थिए ।

    20
    13
    Share

  • Dinanath लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:१४

    GRAPE IS SOUR

    7
    1
    Share

  • हाइसेनबर्ग लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:१९

    ए ** ** अहिलेसम्म चाहिँ चुनाब हुन नदिने को ** ** रैछ?

    14
    10
    Share

  • Ram लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १९:०८

    Arule gareko kam ko jas line ta yo khate ko ta purano bani ho . chori jitauna ko laggi share ko tang bhitra chiris eggat ra saramna bhako khate .

    0
    0
    Share

  • kamala लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १९:४७

    Yo Kura UML Lai Pachdaina ahile. UML ko Rastra Bada le desh barbad hunchha. Khokro rastra bada ani PM Prachanda le gareko kam sabai arastra bada, k prachanda kai niti haina ahile ko election

    0
    0
    Share

  • sachet लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २०:०५

    Veda haroole je vane vanoon! but despite some weaknesses,u r great Prachanda!

    0
    0
    Share

  • ram datt bist लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २०:२५

    बधाई छ प्रधानमन्त्री ज्यु कसैले नसकेको चुनौती पूरा गर्नु भएकोमा हारजित त आफ्नो ठाउमा छ।

    0
    0
    Share

  • Yadav लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २०:३६

    Neta banaune hami nai galigarne haminai laaz chhaina hamilai netaharulai galigarna dhikkar chha haami jastalai

    0
    0
    Share

  • Bir bahadur लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:३५

    Tikapur ghatnaka aparadhi lai unmukti dinu pani ta jit nai ta hola ni hoina ra PM jyu???

    0
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ०:२६

    36 karod kharcha garera ghar banaunu paisa ko sadupayog lagena. ghar ma haina manchhe ma paisa lagani garau

    0
    0
    Share

  • S. B. Shrestha लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ७:३६

    त्याे भन्दा अर्काे कुरा भन्न बाकि रह्याे र अब ?

    0
    0
    Share

  • basan karki लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ८:१५

    Election conducted by government under the heavy pressure of CPN UML party not by its own willingness

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this