Comments Add Comment

कती पावरफूल रेखा थापा ?


नेपाली चलचि क्षेत्रमा आफ्नो विभिन्न शैलीका कारण नायिका रेखा थापा चर्चित बनिन् । चलचित्रको व्यापार, गसिप, अभिनय आदिले रेखालाई पावरफूल बनाइदियो । नायिका थापालाई दर्शकले उनको पावरफूल रोलकै कारण मन पराएका हुन् ।

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘डायरी’मा पनि नायिका रेखा थापाको भूमिका कती पावरफूल होला र दर्शकले उनीबाट जुन शैलीको अपेक्षा गर्छन्, त्यो पाउँछन् कि पाउँदैनन् होला ? यसको कौतुहलता सबैमा छ ।

चलचित्र रिलिज भएकै दिन अर्थात आज यसको विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । चलचित्र हेर्नका लागि नायिका रेखा थापा, निर्मात्री तथा नायिका छुल्ठिम गुरुङ पुगेका थिए । यस्तै, ‘डायरी’को पत्रकार सम्मेलनमा समेत पुगेकी नायिका पूजा शर्मा पनि चलचित्र हेर्न पुगिन् ।

अनिल योञ्जन निर्देशित यो चलचित्र बदलाको कथामा आधारित छ । दर्शकले यो चलचित्रमा रेखालाई खलनायिकाको भूमिकामा देख्नेछन् । रेखाले आफ्ना चलचित्रमा जसरी एक्सन गर्दै आएकी छिन्, यसमा दर्शकले त्यो पाउँदैनन् । तर, खल-नायिकालाई दर्शकले बोल्ड र स्टाइलिस्ट अवतारमा देख्न पाउनेछन् ।

रेखाले यसपटक नयाँ शैली अपनाएकी छिन् । जुन भूमिका दर्शकलाई मनपर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment