बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

नेप्सेको अध्यक्षमा न्यौपाने

अनलाइनखबर

५ जेठ, काठमाडौँं । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन्।

विहिबारको मन्त्रिपरिषद् बैठकले न्यौपानेलार्इ अध्यक्षमा नियुक्त गरेको हो। उनको कार्यकाल चार वर्षको हुनेछ।

रामजी रेग्मी राष्ट्र बैंकको स्वतन्त्र सञ्चालकमा नियुत्तिः भएसँगै नेप्सेको अध्यक्षबाट राजीनामा दिएका थिए । त्यसयता सो पद खाली रहेको थियो ।

न्यौपाने राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रहिसकेका छन्। आइतबार उनले नेप्सेमा पदवहाली गर्ने भएकाछन्।

२०७४ जेठ ५ गते १६:२८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this