Comments Add Comment

धादिङको गजुरी गाउँपालिकामा एमाले विजयी


५ जेठ, धादिङ  । धादिङको गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेका राजेन्द्रविक्रम बस्नेतले ४ हजार ३ सय ३६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतद्धिन्द्धि माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले ४ हजार ६ मत ल्याई पराजित भए ।

उपाध्यक्षमा एमालेका सीता ढुङ्गानाले ४ हजार २ सय मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका शर्मिला विसुरालले ३ हजार ८ सय ३५ मत ल्याई पराजित भइन् ।

गजुरी गाउँपालिकामा नेकपा एमाले एक्लै लडेका थिए भने माओवादी केन्द्र र नेपाली काँग्रेस तालमेल गरी क्रमश अध्यक्ष र उपाध्यक्ष गरी चुनावी मैदानमा लडेका थिए । १३ स्थानीय तह रहेको धादिङ जिल्लामा १२ वटाको नतिजा सार्वजनिक भइसकेको छ भने सरदमुकाममा रहेको नीलकण्ठ नगरपालिकामा मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment