शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

टीकापुर घटनालाई राजनीतिक आवरण नदेऊ: मानव अधिकार आयोग

अनलाइनखबर

५ जेठ, काठमाडौं । सरकारले कैलालीको टीकापुर घटनासहित सबै मुद्दा फिर्ता लिने निर्णय गरेकोमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति प्रकट गरेको छ ।

मन्त्रिपरिषद् बैठकले थरुहट–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्विकार्दै सबै मुद्दा फिर्ता लिने निर्णय गरेसँगै आयोगले शुक्रबार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले ठाडो प्रस्तावमा सो निर्णय गरे पनि मुद्दाको संख्या भने तोकेको छैन ।

टीकापुरमा थरुहट/थारुवान आन्दोलनका क्रममा ०७२ भदौमा भएको हिंसात्मक घटनामा आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

आयोगले ज्यान गएको घटना तथा तोडफोड र आगजनीमा भएको क्षतिबारे छानबिन नगरी आपराधिक घटनाका दोषीहरुलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रश्रय दिइएको टिप्पणी गरेको छ ।

आयोगले यसअघि टीकापुर घटनाबारे अनुसन्धान गरी सरकारलाई  गत फागुनमा सिफारिश गरेको स्मरण गराउँदै त्यसविपरीत अपराधलाई राजनीतिक आवरण दिइएको भन्दै खेद प्रकट गरेको छ ।

‘प्रत्येक आपराधिक घटनालाई राजनीतिक आवरणले छोप्दै जाने हो भने आवाजविहीन नागरिकहरूले राज्यप्रति भरोसा राख्न सक्दैनन्’, आयोगकी प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले मानव अधिकार उल्लंघनका घटनाबारे छानबिन गरी घटनाका दोषीमाथि कारबाही तथा पीडित पक्षलाई राहत र क्षतिपूर्तिको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैबीच, मुद्दा फिर्ताको निर्णयको सर्वत्र विरोध भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जघन्य अपराधका मुद्दा भने फिर्ता नलिइएको उल्लेख गरेको छ ।

२०७४ जेठ ५ गते १८:२५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:३८

    साबधान भाला घोपेर मार्लान,

    सरकारले भालावालालाई,

    त माफी दिई हाल्छ l

    18
    5
    Share

  • samir lama लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:४७

    यो मानव अधिकार अयोगमा नि जनजाति थारु मधेसी त छैनन्् । result यसरी देखिन्छ ।

    3
    15
    Share

  • Man लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ५:४०

    Yesto ho Bhane ta parchand aarko chunab ma zero hune Bhayo.

    0
    0
    Share

  • Nepal लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ६:३९

    Tikapur kaandko hatyara harulai.maafi diney harulai pani testai kunai rajnitik aabaran ma vaala ropi ropi tinka naabaalak haru sahit saara pariwar maarna lai pani chut diye justai cha …najir yehi diyaa chan so kunai rastravakta nepaliley testo garey vaney anyatha nalida huncha…sikaakai tehi ho

    0
    0
    Share

  • bhagawan khatiwada लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ११:५६

    हज्जार पटक धिक्कारे पनि कमै हुन्छ यो दण्डहिनताको पराकाष्टाको निर्णय । कति घृणित छ यो सरकार भनाँउदो को निर्णय । खै के भनौं राजनीतिका धुन्धुकारीहरु जति सवै नेपालमै जन्मिएछन ।

    0
    0
    Share

  • gyan lama लेख्नुहुन्छ    |   २०७४ जेठ ७ गते ९:२९

    Aparadhilae jasari vaye pani karbahi hunu par6 sarkarle nai. ayog jasari vaye panì.. ladnu par6.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this