Comments Add Comment

चट्याङ लागेर बालिकाको मृत्यु

५ जेठ, कैलाली । शुक्रबार बेलुका करिव ६ बजे परेको चट्याङ लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका-९ धनसिंगामा एक बालिकाको मृत्यु भएको छ ।

खेतमा गहुँको भुस लिन गएकी १३ बर्षीय मेनुका सुनारको चट्याङ लागि मृत्यु भएको हो । मृतकको आमाबुवा घरबाहिर रहेको एक स्थानीयले बताए ।

शवलाई पोस्टमार्टमको लागि सेती अञ्चल अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय पुनर्वासका इन्स्पेक्टर दलराम टमाटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment