Comments Add Comment

अन्नपूर्ण गाउँपालिकामा ट्याक्टर दुर्घटना, २ को मृत्यु

५ जेठ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर-४ मा पर्ने भदौरेमा शुक्रबार दिउँसो ग १ त ३६२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानिय १७ वर्षीय अजय गुरुङ र ५० वर्षीय रामसिङ नेपालीको मृत्यु भएको हो ।

बाटो मर्मतको लागि ढुंगा बोक्न जाँदै गरेको ट्याक्टर घुम्तीमा मोड्ने क्रममा पल्टिएको बताइएको छ । मोडमा स्टेरिङ नमोडिदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment