Comments Add Comment

चिनीमाया तामाङ बनिन् रामेछापकै एकमात्र महिला वडाध्यक्ष

५ जेठ,रामेछाप । रामेछापमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक मात्र महिला वडा अध्यक्ष हुने अवसर खाँडादेवी गाउँपालिका–९ की चिनीमायाँ तामाङले प्रप्त गरेकी छिन् ।

एमालेको तर्फबाट उम्मेदवार बनेकी तामाङले ३ सय ४१ मत प्राप्त गरी विजय प्राप्त गरेकी हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी भन्दा २५ मत बढी प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अकलबहादुर भण्डारीले ३ सय १६ मत प्राप्त गरेका छन् ।

साविक पिङ्खुरी गाविसकी तामाङका पति चिना तामाङ रामेछापका पूर्व जिल्ला विकास समिति सदस्य थिए । एमालेका नेता तामाङको एक वर्षअघि निधन भएको थियो ।

एमालेले उनलाई नै यसपटक वडाध्यक्षमा अघि सारेको थियो । जिल्लाका ६४ वडाहरुमध्ये वडाध्यक्षको उम्मेदवार उनीमात्र थिइन् । अरु कुनै पनि पार्टीले कुनै वडामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएका थिएनन् ।

उनका ससुरा मोतिलाल तामाङ पनि पञ्चायतकालका चर्चित पञ्च नेता थिए । उनको परिवार नै खानदानी राजनीतिमा रहे पनि उनी भने एमाले समर्थक समान्य गृहिणी मात्रै हुन् ।

तर, जिल्लाकै चल्तापुर्जा कांग्रेस नेता अक्कलवहादुर भण्डारीलाई पराजित गरेर वडाध्यक्ष निर्वाचित भएपछि उनी अब पूर्णकालीन राजनीतिज्ञ भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment