बुधबार, ११ साउन, २०७४
OnlineKhabar.com

चितवन पुगेर प्रचण्डले भने-चुनाव गराउनु नै मेरो जित हो

सुवास पण्डित


५ जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव हुनु नै आफ्नो जित भएको बताएका छन् । कुन पार्टीले जित्छ भन्ने आफ्नो प्राथमिकता नभएको भन्दै प्रचण्डले भने, ‘कांग्रेसले जितेपनि एमालेले जितेपनि देशले जित्छ ।’

चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले चुनाव कसले जित्छ भन्ने कुनै चिन्ता नभएको बताए । चुनाव गराउनु नै आफ्नो जित भएको उनले बताए ।

उनले दोस्रो चरणको चुनाव गर्नु चुनौतीपूर्ण रहेको बताए । यसबारे छलफल गर्न आफूले आजै बैठक बोलाएको भन्दै उनले भने, ‘यसलाई उत्सवको रुपमा मनाउनुपर्छ र असन्तुष्ट साथीहरु पनि आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।

२०७४ जेठ ५ गते २२:१० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • S. B. Shrestha लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ९:५५

    प्रधानमन्त्रीकाे छाेरी नै हार्न लागे पछी अरू ठूला कुरा गर्न पनि सिकिएन नी हाेर्इन र?

    0
    0
    Share

  • Shyam Mandal लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १०:३८

    Yes, we are waiting our election in Saptari, please start soon in time. Forget about Indian and their agenda.

    0
    0
    Share

  • राजेश नेपाल लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १८:२७

    अब अन्तिम अबस्थामा आएर त भन्नै पर्योनी नि प्रधानमन्त्री ज्यु
    हजुरको घमण्ड ले गर्दा १० वर्ष जनयुद्ध गरेर स्थापित गरेको माओवादी पतन हुदैछ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this