बुधबार, ७ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

चुनावी परिणामले कांग्रेस खुसी कि दुःखी ?

कांग्रेसले 'शहर' गुमायो, ग्रामीण भेगमा पकड कायमै

राजकुमार श्रेष्ठ


५ जेठ, काठमाडौं । तीनवटा प्रदेशका झण्डै अढाइ सय स्थानको चुनावी परिणाम सार्वजनिक भइरहँदा एमाले र कांग्रेसको दुरीले ‘डबल डिजट’ छुन सकेको छैन । यो परिणामले कांग्रेस खुसी होला कि दुःखी ?

यो प्रश्नमा एकजना कांग्रेस नेता भन्छन्, ‘एक समय देशभर एमालेले स्वीप नै गर्छ कि भन्ने थियो । त्यसको तुलना गर्दैैगर्दा एमालेको यति मात्रै भयो भनेर खुसी नै हुनुपर्ला ।’

उनले अघि भने, ‘तर, अर्कोतिर जति मत हामीले पायौं । अलिकति सम्हाल्न सकेको भए पहिलो स्थान त सहजै, त्यो पनि महानगरहरु जितेरै हुने रहेछ भन्ने लागेको छ ।’

अहिलेसम्मको चुनावी परिणामको विश्लेषण गर्दै कांग्रेसका ती नेता भन्छन्, ‘कसरी चित्त बुझाउने ? बर्बाद भएन भनेर चित्त बुझलाउँदा खुसी हुने अवस्था छ । असाध्यै राम्रो गर्न सकिने रहेछ, अहिले खुम्चिनुपर्‍यो भन्दा एक प्रकारको दुःखमा छ कांग्रेस ।’

हो, निर्वाचनको परिणामबारे कांग्रेसको अहिलेको अवस्था यस्तै विरोधाभाषमा रुमलिएको छ ।

शुक्रबार साँझ ७ बजेसम्म २४८ स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा कांग्रेसले ९५ स्थानीय तह जितेको छ । एमाले १०२ स्थानीय तह जित्दै पहिलो स्थानमा छ भने माओवादी ४५ स्थानीय तह जितेर तेस्रो स्थानमा छ ।

डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले यो चुनावमा निराशाजनक परिणाम हात पारेर १ सीटमा खुम्चिएको छ । राप्रपा र जनमोर्चा पनि एक सीटमा सीमित छन् ।

कांग्रेसले ‘शहर’ गुमायो

नेपाली कांग्रेसले दक्षिणकाली नगरपालिकाबाट काठमाडौं जिल्लामा खाता खोल्दा बूढानीलकण्ठ नगरपालिकामा हार व्यहोर्दैछ । झट्ट हेर्दा दुबै नगरपालिका हुन् । एउटा हार्दा अर्को जितेकै छ, हिसाव बराबर । तर, यो हारजित अर्थपूर्ण छ ।

बूढानीलकण्ठ नगरपालिका त्यही क्षेत्र हो, जहाँ गगन थापा र नरहरि अचार्यको निर्वाचन क्षेत्र पर्छ र दुबै क्षेत्रमा संविधानसभा चुनावमा दुबैले राम्रो मतका साथ जितेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंम त्यही बूढानीलकण्ठमै बस्छन् । र, यहाँ ६० प्रतिशत मतदाता बाहिरी जिल्लाबाट बसाइँ सरेर आएका छन् ।

साथै बूढानीलकण्ठ नगरपालिका, काठमाडौं महानगरपछि धेरै मतदाता भएको नगर पनि हो ।

ठीक विपरीत दक्षिणकाली पहिलोपटक नगरपालिका बनेको छ । अर्थात काठमाडौंको ग्रामीण क्षेत्र हो । ‘बूढानीलकण्ठ र दक्षिणकालीको तुलना हुन सक्दैन’ एक नेता भन्छन्, ‘दक्षिणकाली नामको नगरपालिका हो । गोकर्णेश्वर पनि एक हदसम्म नामकै हो । तर, बूढानीलकण्ठ वास्तविक नगर हो ।’

यो त एउटा उदाहरण मात्र हो । पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तह मध्ये कांग्रेसले जितेको इकाईको विश्लेषण गर्ने हो भने धेरै ग्रामीण क्षेत्रमा पर्छन् । उसले शहरी क्षेत्रहरु आफ्नो पकड गुमाएको छ र एमालेले जितेको छ ।

कांग्रेसका एक नेता भन्छन्, ‘धेरै शहरी क्षेत्रमा हाम्रा मतदातामा प्रभाव देखिएको छ ।’

शहरको यो मत काठमाडौं महानगरमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापातिर गएको छ । एमालेका विद्या सुन्दर शाक्यले पनि यो मत पाएका छन् ।

काठमाडौं बाहिरका शहरी क्षेत्रहरुमा कांग्रेसमा आएको प्रतिक्रियाको फाइदा एमालेलाई पुगेको देखिन्छ । यसको उदाहरण हो, काभ्रेको बनेपा नगरपालिका । कांग्रेसको गढ मानिएको त्यहाँ एमालेले बाजी मारेको छ । र, विजय उत्सवमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंम बनेपा पुगेका छन् ।

किन रिसाए कांग्रेसका भोटर ?

कांग्रेस नेताहरुका अनुसार विगतका चुनावहरुमा कांग्रेसका मतदाताहरु एकछापे भोट हाल्थे । अन्तरघात जति भए पनि मतदाताले एक छापे हुन्थे ।

तर, यो पटकको ‘भोटिङ प्याट्रन’ले कांग्रेस नेताहरु नै आश्चर्यमा परेका छन् । ‘यस्तो क्रस भोटिङ मैले कहिल्यै देखेको थिइनँ’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने ।

अहिले कांग्रेस नेताहरु किन रिसाए भोटर ? भन्ने प्रश्न सोच्न थालेका छन् । उनीहरुका अनुसार केन्द्रीय राजनीतिको प्रभाव शहरका मतदाताहरुमा निकै परेको छ ।

अर्को शब्दमा भन्दा नेकपा एमालेको ‘राष्ट्रवाद कार्ड’ शहरहरुमा निकै प्रभावकारी देखिएको छ । तराई मधेसको आन्दोलन, संविधान संशोधन लगायतका विषयमा एमालेले लिएको अडान, आईजीपी प्रकरणले शहरका मतदातालाई छोएको छ ।

अर्को भनेको माओवादी केन्द्रसँगको तालमेल पनि हो । किनकी कांग्रेसले अहिलेसम्म यस्ता तालमेल गरेको थिएन । यो पटक चितवनको भरतपुर र कास्कीको पोखरा महानगरका साथै विभिन्न जिल्लाहरुमा भयो । तर, असर शहरी भोटरमा पर्‍यो ।

एक नेता भन्छन्, ‘पहिलो पटक कांग्रेसले अर्को चिन्हमा मतदाता गर्न मतदातालाई अपील गर्‍यो । यो पार्टीको चुनाव चिन्हसँगको लोयालिटीको विषय हो, चितवनमा हँसिया हथौडामा भोट हाल्ने कुरा मात्र होइन । जब हामीले अर्का चुनाव चिन्हमा भोट हाल्न अपील गर्‍यो, उनीहरुलाई अर्को निर्णय लिन सहज भयो ।’

पछिल्लो मत परिणामहरुले पनि त्यही देखाउँछ । कांग्रेसका कार्यकर्ताले त आफ्नो पार्टीलाई भोट हालेका छन् तर, उसका समर्थकहरुले भोट क्रस गरेको देखिन्छ ।

२०७४ जेठ ५ गते २०:२७ मा प्रकाशित (२०७४ जेठ ६ गते ७:४०मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
९ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २०:५१

    Must be happy, at least they can continue their Oligarchy & corruption. Dam to development

    2
    0
    Share

  • Db Rai लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २१:१९

    I think no one party should regrete bkz It is solly dicision of public or voters. From now on,leaders or political candidates are not to be sure of that or think like previous elections. Think what happens in America or britain. Anyway it is greatful to the leaders you have managed the election it is to be carried out by hook or by crook. We the people lookig forward toactivate constitution act. Thank you

    0
    0
    Share

  • manjeet लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २१:३१

    uml lai bhot jaane ko mukhya karan nai ek jatiya barchaswabaad lai nirantarta dinu nai ho. rastrabaad bhanekai ek wa doi jatiya ko domination nai ho baki samudai haru ko kunai auchitya chaina!

    jai hos!

    0
    0
    Share

  • सूर्य नेपाल लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २१:४६

    सिद्धान्त पोलीखाने कांग्रेस होईन ? भांग्रेस ? खाई कांग्रेस ? खोई कांग्रेस हो । जव कांग्रेसले दारू भारू र डलरमा वेचिएको ” वाईवल संविघान २०७२ दियो” र नेपाल र नेपालको भन्योत्यहीवाट नेपाली कांग्रेस नभई विकाऊ कांग्रेस वन्यो । जव न्यायपालिकालाई कार्यपालिकाको अरनखटनमा लग्यो तव कांग्रेस प्रजातन्त्रवाट भाग्यों ! जव माओवादीसंग चुनावी तालमेल गर्यो , कांग्रेस प्रजातान्त्रिक नभएर आतंककारीको मतियार वन्यो ? १७००० नेपाली जनताको हत्याराको सहभागी वन्यो । जे जति गर्यो ईदि अमिन र लुई चौदवी शाषनको नक्कलमात्र कांग्रेसले गर्यो ! यो मत ईतिहासको कडीको रूपमामात्र कांग्रेसले पाएकोहो ! प्रजातन्त्रको रक्षार्थ होईन ! प्रजातन्त्र कांग्रेसले स्वयम खायो ।

    0
    0
    Share

  • Dhruba लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ०:४४

    Kingress needs to rid of Deuba and let’s change congress presidency to young leader “Gagan Thapa”.

    0
    0
    Share

  • kurinpari लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ६:५४

    chunab ko natija herda tysta partyharuko seat dherai ayekochha jasle nepal police ko britibikas ma afno syndicate ladeko chha.bived ra partiality garekochha. yas bata np nepali janata maitri chhaina vanne dekhinchha. yasto org. bighatan gari local ra pradesh sarkar lai afule chaheko polie rakhne wa narakhne adhikar dinuparchha.

    0
    0
    Share

  • गजेन्द्र बोहरा लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ७:५५

    जुन म्यादिप्रहरी भर्ना भयका छौ तेसमा त ठिकै लाग्यो तर चुनाव ३४ जिल्लामा भयको छ तेताको म्यादीलाई५५ दिन्को सुबिधा त ठिकै छ तर जेठ ३१ मा हुने चुनावमा त म्यादीहरुको सेवासुबिधा थपहुन्छ कि हुदैन यसमा प्रस्ट जानकारी भय राम्रो हुन्थ्यो यसमा सम्बन्धित निकायबाट जानकारी पाय हुन्थ्यो

    0
    0
    Share

  • प्रकाश लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १६:१७

    रिपोर्टरले नदेखेका हुन् कि नेताहरुले नदेखेका हुन् काङ्ग्रेश पछि पर्ने मुख्य कारण लोकमान सिंह प्रकरणमा नबोल्नु, केन्द्रीय स्तरमा माओवादी सँग तालमेल गर्नु र चुनाबका मुखमा सुशिला कार्की विरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु पनि हो । जय नेपाल !

    6
    0
    Share

  • प्रकाश लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १६:१८

    रिपोर्टरले नदेखेका हुन् कि नेताहरुले नदेखेका हुन् काङ्ग्रेश पछि पर्ने मुख्य कारण लोकमान सिंह प्रकरणमा नबोल्नु, केन्द्रीय स्तरमा माओवादी सँग तालमेल गर्नु र चुनाबका मुखमा सुशिला कार्की विरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु पनि हो । जय नेपाल

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this