शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार, निर्वाचन अधिकृतले धाँधली गरेको आरोप

अनलाइनखबर

कांग्रेस चितवन सभापति जितनारायण श्रेष्ठ पत्रकार सम्मेलनमा बोल्दै

५ जेठ, चितवन । भरतपुर महानगरपालिकाका निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेका छन् । अहिले भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको छ ।

मतगणना बहिस्कार पछि संयुक्त पत्रकार सम्मेलन गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखियो ।’

वडा नम्बर चार, वडा नम्बर सात र वडा नम्बर नौको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको उनले बताए ।

सुरुमा वडा नम्बर चारको मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो तर त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो ।

वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरित कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिएको कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए ।

केहीबेर अघि सार्बजनिक वडा नम्बर नौको मत परिणाम पनि त्यसैगरी फरक सार्बजनिक गरिएको कांग्रेस–माओवादी नेताहरुको दाबी छ । नौ नम्बर वडाको मतगणना सकिँदा एमालेका उम्मेदवार देबी ज्ञवालीको १५ हजार १५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८०९ मत सार्बजनिक गरिएको थियो ।

रेणु दाहालले ५ सय मतले अग्रता लिनुपर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरिएको माओवादी चितवन जिल्ला सहइन्चार्ज घनश्याम दाहालले बताए ।

उनले भने, ‘निष्पक्ष मतगणनाको प्रतिबद्धता नआएसम्म मतगणनामा भाग लिँदैनौं ।’

कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले वडा नम्बर नौं को पुनः मतगणनाको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

२०७४ जेठ ५ गते २१:५३ मा प्रकाशित (२०७४ जेठ ६ गते ६:१२मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३६ प्रतिकृयाहरू प्राप्त
  • bijay kumar लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:०३

    एमालेको धांधली गरेर जित्ने डिजाईन देखियो ।

    0
    1
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:०५

    Congress ko pocket area sakeyo aba Yamalay ko pocket area audai xaa ani new taa khojnai paroo nee. Jahaa yoo mowabdi virus tahaa pollution. Mowabdi mukta samaj hami sabai ko awaaj.

    3
    1
    Share

  • Nepali mate लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:१०

    हारेको देख्न नसकेर होला

    0
    0
    Share

  • मनोज लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:११

    जे हुन्छ भरतपुर मा नै हुन्छ । संसदीय राजनीतिको सबै भन्दा फोहोरी खेल त्यही हुने छ । हेर्दै जाऊ ।

    0
    0
    Share

  • Vuntros लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:१६

    Aba maha abiyog lagau sarkar yo nirwachan adhikrit lie chadai 🙂

    0
    0
    Share

  • SUNEEL लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:१७

    अब नाटक सुरु भयो. जसरि प्रचण्ड ले जीतको थ्यो तेही नाटक हुन लग्यो ……..

    0
    0
    Share

  • paras bhatta लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:३६

    harna Darla anak bakhada garaka hun.

    0
    0
    Share

  • jayaram लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:३९

    कांग्रेसीले हसिया हथौडामा भोट हालेका छैनन् अनि प्रचण्डले देउवालाइ प्रधानमन्त्री दिँदैनन् भनेर कांग्रेसीले फेरि नयाँ जालाे फ्याँकेकाे मात्र हाे अन्यथा केही हाेइन । मतगणनामा उनीहरुका प्रतिनिधिहरु छैनन् र धाँधली कर्मचारीले मात्र गर्छन् भन्न । बरु कर्मचारीले धाँधली गर्न दिएनन् त्यसैले धाँधली गर्न पाउ भन्ने अावाज हाे याे केहीकाे ।

    3
    0
    Share

  • Timsina लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:४५

    hoina, laj nabhaye pachhi yastai ho. Prachanda ko chitawan agaman ra lampasarbadi haru ko ruwabasi kasari ekaichoti bhayechha? Dhadali garna paiena bhanera ruwabasi garne oarty haru ke chunab ma uthirakheka hola? Asti rukh ko vote merai hunu parchha bhanera rudai thiyi Dahal kanchhi. Aja pheri rudai chhan.

    0
    0
    Share

  • Dharma Bajra लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:५१

    हॉरनेको हज़ार दाँउ । हाँ हाँ हाँ …..

    1
    0
    Share

  • बाेहाेरा लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:५५

    के खाेज्छस्……अाँखाे । त्यसै त हारकाे डरले तनावग्रस्त भएकाहरुलाई निर्वाचन अधिकृतले गरेकाे करतुतले अागाेमा घिउ थप्नु स्वभाविक हाे ।

    0
    0
    Share

  • Hira लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:०६

    हार निश्चित भएपछि निउ त खोज्नै परो नि

    0
    0
    Share

  • Dhiraj Subedi लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:१६

    अब यस पछि काठमाडौं र पोखराको पनि बहिष्कार गर्ने हो की. जसरी जीतलाई सजिलै स्वीकर गरिन्छ त्यसरी नै हारलाई पनि गर्न सिकौन

    0
    0
    Share

  • नविन लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:२३

    अाफ्नो पोल्टामा मत धेरै आए निश्पक्ष अनि अन्य दलको धेरै आए धांधली भयो रे ? यो त घटियापनको हद् भन्दा पनि माथी भयो।

    0
    0
    Share

  • KP Adhikari लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:२४

    भरतपुर मतगणना स्थगित! रिहर्सल एक; अव हेर्दै जानु 卐卐卐 के के हुन्छ । ☉जोगाउने कि🌜🌛बनाउने । दालमा कुछ काला है ☻☻☻☻

    0
    0
    Share

  • A.P.chaulagain लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:२६

    हार्छौ भन्ने भएपछि2070 सालको निर्बाचनमा पनि एसई गरी मत गणना छाडेका थिए अहिले पनि तेही गर्न खोजेका हारको मानसिक्ता प्रचण्ड देउबाको बिबाद गर्नु भन्दा हामीले सकेनौ केही लागेन भनेर बसदा राम्रो होला सरकार चलाउदै गरेका हरुले

    0
    0
    Share

  • lamichhane jayaram लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:३१

    कर्मचारीमात्र बसेका छन् र मतगणनामा । कि माकाले कर्मचारीलाइ मत गन हामी सही गर्छौ भनेर बाहिर बसेका छन् यदि त्यसाे हाेइन भने सिंगाे देश भरतपुर महानगरपालिकाकाे परिणामको प्रतिक्षामा छ कारण प्रचण्डको पुत्री माेह र देउवाकाे प्रधानमन्त्री माेह त्यही जाेडिएको छ । त्यसमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले गाेहीको अाँसु झार्नुपनि पर्दैन कि ।

    0
    0
    Share

  • Yaduram Panthi लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:४७

    Sambidhan sava election ma counting bahiskar garera Siraha bata muso xire jastai xirna paainxa vanne soche holan solti harule… Janta batha vaisake aba…!!!

    0
    0
    Share

  • unmis लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:५९

    aba harne conform vaya paxi je gare pani hunx. election 2070 ma prachandra le gareko jasto.

    0
    0
    Share

  • Kumud Shrestha लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:५९

    It is big crime to play on the authorities given by people.

    0
    0
    Share

  • dipak लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ०:११

    chunabma jit-har ta janatale dekhayeka chhan ni, ahilesamma bhayeko nirbachan natijabat thaha hunchhani. ke ma ganne thaunma moist ra congresska pratinidhi nai chhainan ke jasto kura bhayo ni….mat ganana samyamit dhangale agadi badhnuparchha ra harnele har swikar garna saknuparchha. moistko netale jitnaiparchha bhanne chhara? yadi ramro kam garne ho bhane ta janatale dekhaihalchhan…

    0
    0
    Share

  • Suresh somai लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ०:१७

    Shameless mawobadi.

    0
    0
    Share

  • kpl लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ०:२२

    Dhadali nai huna parcha natra prachanda ko chori le teti najik pugne kunai base nai chiana 😀 😀

    0
    0
    Share

  • Paras Mani V.K. लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ०:२२

    गठबंधन को तालमेल फेल खादा हरुवा ले गर्ने नौटंकी एस्तै नै हुन्छ, सरकार आफ्नै, अनि सबै राजनीतिक दलहरु को प्रतिनिधित्व हुँदा हुँदै यस्तो लान्छाना लगाउनु भनेको त्यहां कुनै किसिमको घपलाबाजी गर्न नपाई हुन ग​एको सर्मनाक हार लाई छोप्ने एउटा कुचेस्टा मात्र हो , यस्को मतलब के एमाले ले जीतेका सबै ठांउ हरुमा निर्वाचन अधिकृत हरु ले धाँधली नै गरि जीताएका हुन त ?

    0
    0
    Share

  • dip लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ४:१०

    badar le na aphno ghar banauxa, na arkako ramro ghar dekhna nai sakxa. jangal bata niskeka badar sanga talmeel garne pani autai bariko mula ta ho ni. chala purani “nani dekhi lageko bani”.

    0
    0
    Share

  • shyam bhusal लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ४:५६

    Jo chor uskae thulo shore janata le na pataye paxi jati pata ganti gare pani tehi anka aauxa

    0
    0
    Share

  • शिव कान्त घिमिरे लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ६:०६

    फेरी कुन गलत हो मत संख्या सुधार्न जरुरी हुन्छ

    0
    0
    Share

  • rajhaans लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ६:०८

    हामीमा पूर्वाग्रहले नछोड्ने भो । बुथ कब्जा गरे भन्छ विपक्षी, त्यही ठाउँमा उसैले अत्यधिक बहुमतले जितेको नतिजा सार्वजनिक हुन्छ । जब विवाद हुन्छ त त्यसलाई उरालेर समस्या समाधान हँदैन । तथ्यांक सहित बाहिर आएका असन्तुष्टीलाई तथ्यंकगतरुपमै सम्बोधन गरिनु पर्दछ । जहाँसम्म कर्मचारीको तटस्थताका विषयमा कुरा उठाइएको छ, हामीले जे सिककिरहेका छौं र सिकाइरहेका छौं, त्यसले कर्मचारी मात्र होइन प्रहरीलाई पनि भविष्यमा पूर्वाग्रही हुन प्रेरणा दिइरहेको छ ।

    0
    0
    Share

  • रघु पण्डित लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ६:११

    धांदली त जनतालेनै गरेकै हुन आँख चिम्लेर भोट नाहालेर अब जनताको हतनैपो कातिदिनेपोहोकि

    0
    0
    Share

  • Harihar Gautam लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ६:२४

    निर्वाचन अधिकृतकाे त्यत्राे हिम्मत
    अात्तिनु पर्दैन
    जेष्ठ ३१ अाउदै छ
    निर्वाचन अधिकृत नै परिवर्तन गरि पुन निर्वाचन गर्न सकिन्छ ।

    0
    1
    Share

  • Suraj लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ७:४०

    Bichara

    0
    0
    Share

  • krishna Gautam लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ८:४१

    हमे तो पौधा ने लुटा
    सुरज मे कहाँ दम था ।
    सिकस्थ भि ओहि मिलि
    जहाँ बापका घर था ।
    Bharatpur

    0
    0
    Share

  • krishna Gautam लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ८:४२

    हमे तो पौधा ने लुटा
    सुरज मे कहाँ दम था ।
    सिकस्थ भि ओहि मिलि
    जहाँ बापका घर था ।

    0
    0
    Share

  • Hari लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ९:०५

    Laj lagnu parne har jit hun6 but sarkar,baduk,Aapna manche rakhada pani Bahiskar,kasto Des r kasta Neta…..laj lag6 interview sunda pani

    0
    0
    Share

  • SUDIP लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १०:०८

    जय नेपाल चितवने कांग्रेस जन तथा जिल्ला सभापती ज्यु दुइ चार रुपया कमाउने लालच मा लगेर यो प्रचन्ड पुत्री जिताउने घिन लाग्दो खेल मा लगेर चितवन मा नेपाली कांग्रेस को छबी अझै तल गिराउने काम नगरु कांग्रेस तपाइहरु को ब्याक्त्तिगत पार्टी होईन तेसैले शान्तिपूर्ण ढण्गले मतदान गर्ने वातावरन मिलाउन सहयोग गरौ जय नेपाल

    0
    0
    Share

  • durga ghimire लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १०:५८

    नेताको खुश तन्त्रमा जे गरे पनि हुन्छ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this