Comments Add Comment

प्रहरीले बरामद गरेको पाँच क्विन्टल चाँदी अलपत्र, राजस्वले बुझ्न मानेन

६ जेठ, काठमाडौं । सिन्धुली प्रहरीले ठूलो परिमाणमा चाँदी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कुटले बिहीबार राति चेकजाँचको क्रममा पाँच क्विन्टल चाँदी फेला पारेको हो ।

विपी राजमार्ग हुँदै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बा १६ प ६४७ नम्बरको स्कार्पियो जिपमा सो परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीले चाँदी बरामद गरे पनि आन्तरिक राजस्व कार्यालय महोत्तरीले भने बुझ्न मानेको छैन । आन्तरिक राजस्व कार्यालय, बर्दिबासले बुझ्न नमानेपछि प्रहरीले आन्तरिक राजस्व कार्यालय बारा पथलैया लगेको छ ।तर, आन्तरिक राजस्व कार्यालय पथलैयाले पनि बुझ्न आनाकानी गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment