Comments Add Comment

वीरेन्द्रनगर जित्दै कांग्रेसले पनि पूरा गर्‍यो शतक

एमाले ११० स्थानीय तहमा विजयी

६ जेठ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जित्दै नेपाली कांग्रेसले पनि १०० स्थानीय तहमा जित हात पारेको छ ।

पहिलो चरणको चुनाव भएको २८३ मध्ये शनिबार साँझसम्म २६३ इकाईको मत परिणाम सार्वजनिक भएको छ, जसमा कांग्रेसले १०० स्थानीय तह जितेको छ ।

कांग्रेस पछिल्लो पटक वीरेन्द्रनगर नगरपालिकामा विजयी भएको छ । प्रदेश नम्बर ६ को सम्भावित राजधानी मानिएको वीरेन्द्रनगरमा कांग्रेसका देवकुमार सुवेदी मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा जानकी सिंह विजयी भइन् ।

कांग्रेसले प्रदेश नम्बर ६ मा २४ स्थानीय तह जितेको छ । प्रदेश नम्बर ४ मा ४४ स्थानीय तह जितेको कांग्रेसले प्रदेश नम्बर ३ मा भने ३२ सिट जितेको छ ।

एमाले १० ले अगाडि

शनिबार नै एमालेले काठमाडौंको तारकेश्वरका साथै चितवनको कालिका नगरपालिकामा जितेको छ । यस्तै काभ्रेको नमोबुद्ध नगरपालिकामा पनि एमाले विजयी भएको छ ।

यससँगै एमाले विजयी भएको स्थानीय तहको संख्या ११० पुगेको छ । यो कांग्रेसको भन्दा १० बढी हो ।

अझै २८३ स्थानीय तहको मत गणना चलिरहेको छ । जसमा एमालेले काठमाडौंका साथै भारतपुर र पोखरा लेखनाथ महानगरपालिकामा पनि अग्रता लिइरहेको छ । यद्यपि फर्जी विवादले पोखराको गणना रोकिएको छ ।

ललितपुर महानगरमा भने कांग्रेस अगाडि छ । महानगरको मत परिणाम आउन केही दिन लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment