Comments Add Comment

तस्वीरमा हेर्नुहोस् पोखरामा मेयरलाई स्वागत गर्ने चटारो

६ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा यतिबेला नयाँ मेयरलाई स्वागत गर्ने चटारो छ । महानगरपालिकाको कार्यालयलाई सिंगार्न कर्मचारीहरु व्यस्त छन् ।

महानगरपालिकाको पुरानो भवनमा नयाँ मेयरलाई भित्र्याउन लागिएको हो । अहिले कार्यकारी प्रमुख बस्ने कार्यकक्षलाई नै मेयरको कार्यकक्ष बनाइने भएको छ । उपमेयर तथा अन्य पदाधिकारीको कार्यकक्षको व्वस्थापन पनि भइरहेको छ ।

नयाँ मेयरका लागि ग १ झ २२३ नम्बरको निसान गाडी ठीक पारिएको छ । यो महानगरपालिकाकाकै पुरानो गाडी हो । उपमेयरका लागि गाडीको व्यवस्थापन चाँडै गरिने बताइएको छ ।

पोखरा महानगरपालिकाको मेयरको दौडमा एमालेका मानबहादुर जीसीले अगाडि छन् भने उनलाई कांग्रेसका रामजी कुँवरले पछ्याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment