Comments Add Comment

भैरहवामा घर-जग्गासहित मेवा र लिचीका बोटलाई पनि ‘मुआब्जा’ !

कसले कति पाउने भए मुअाब्जा ?


६ जेठ, भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा निर्माणधीन अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलको लागि आवश्यक पर्ने थप जग्गामा लिची बोटदेखि निजी घर, जग्गासम्म भएकाहरुलाई मुआब्जा वितरण गरिने भएको छ ।

आयोजनाले सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर २, ४, ६, १०, ११ तथा साविक हाटिबनगाई गाविसको वडा नम्बर १, ७ र ८ मा पर्ने करिब ५ सय विगहा जग्गा र सो भित्र घर तथा अन्य संरचना अधिग्रहण गरेको छ । र, यसको लागि आयोजनाले २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्ने भएको छ ।

विमानस्थलको लागि आवश्यक पर्ने जग्गा मुआब्जाको विषयमा विभिन्न किसिमको अफवाह फैलिएपछि जग्गाको मुआब्जाको विषयमा जानकारी गराइएको छ ।

अधिग्रहणमा परेको जग्गा, घरको उचित मूल्याङ्कन हुनुपर्ने भन्दै स्थानीयले समय-समयमा विरोध प्रदर्शन गर्दै आएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको संयोजनमा गठित मुआब्जा निर्धारण समितीले मुआब्जा निर्धाण गरेको हो ।

मुआब्जा निर्धारण समितीले बाटोले छोएको जग्गाको मूल्य १ लाख ३२ हजार रुपैयाँ धुरदेखि अधिकतम् ४ लाख ५९ हजार रुपैयाँसम्म मूल्याङ्कन गरेको छ । जुन पछिल्लो समय चलन चल्तीमा रहेको जग्गाको मुल्य बराबरको मूल्य हो ।

त्यसैगरी बाटो नभएको जग्गाको मूल्य कठ्ठाको न्युनतम् १२ लाख रुपैयाँ देखि २४ लाख रुपैयाँसम्म निर्धारण गरिएको आयोजनाका प्रमुख ओम शर्माले बताए । त्यसैगरी पक्की घर ३ हजार रुपैयाँ प्रति स्क्वायर फुट कायम गरेको छ भने कच्ची, फुसको घरको मूल्य ७ सय ६० रुपैयाँ प्रति स्क्वायर फुट कायम गरेको छ ।

त्यसैगरी घर वरपर रहेका फलफुलका विरुवा (आँप, लिची, मेवा, अनार लगायत) ४ फिट भन्दा कम छ भने प्रति विरुवा १५ हजार रुपैयाँ क्षतिपुर्ति दिने र सो भन्दा माथिको भए १८ हजार रुपैयाँ प्रति विरुवा भुक्तानी गर्ने समितिले निर्धारण गरेको प्रमुख शर्माले बताए ।

त्यसैगरी स्थायी रुपमा बसोवास गरी रहेको स्थानबाट अर्को स्थानमा घर सार्नको लागि पाँच लाख रुपैयाँ प्रति परिवार स्थानन्तरण रकम पनि समितिले बिनियोजन गरेको छ ।

यस्तै पटक-पटक बिमानस्थलकै कारण घर सार्नु परेका परिवारका लागी थप दुई लाख रुपैया गरी सात लाख रुपैयाँ दिने निर्णय भएको प्रमुख ओम शर्माले जानकारी दिए ।

माछापोखरी सार्नका लागि प्रति कठ्ठा १० हजार रुपैयाँ, किराना पसल सार्नका लागि १८ हजार रुपैयाँ, पेट्रोल पम्पका लागि ५ लाख रुपैयाँ, राइसमिल स्थानतरणका लागि ३ लाख रुपैयाँ दिने मआब्जा समितिले निर्णय गरेको छ ।

त्यस्तै दैनिक मजदुरी गरी घर खर्च चलाएका परिवारलाई ४० हजार रुपैयाँ घर सार्नका लागि रकम दिने जनाइएको छ ।

दैनिक मजदुरी गर्ने परिवार घर सार्ने क्रममा उसले काम गर्न नपाउने भएका कारण उसको परिवारको दैनिक जिविकोपार्जन गर्नका लागि ४० हजार रुपैया दिने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी एवम् मुआब्जना निर्धारण समितीका संयोजक विनोदप्रकाश सिंहले बताए ।

चालु आर्थिक वर्षमा ४ अर्ब मुआब्जा रकम वितरण गर्ने आयोजनाले जनाएको छ । आवश्यक थप बजेटका लागि नागरिक उडड्यान प्राधिकरणमार्फत पर्यटन मन्त्रालयमा निवेदन दिइएको विमानस्थल निर्माण  अयोजनाले जनाएको छ । अब बिमानस्थलको क्षेत्रफल कुल ७ सय ८७ विगाहाको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment