Comments Add Comment

भूकम्पपीडितको ट्याक्सीको गोलाप्रथा जेठ १३, १४ र १५ गते


७ जेठ, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले जेठ १३, १४ र १५ गते १५ सय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ ।

यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताए । टिभी टुडेमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।

आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका हुन् ।
विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियतथ वा अनुदान नदिइने जनाएको छ ।

सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।

अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ ।  निर्वाचान आचारसंहिताका कारण चैत २६ मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment