Comments Add Comment

अब लुम्बिनीसम्म ४ लेनको आधुनिक सडक, तौलीहवासम्म अर्को लेन थपिने

७ जेठ, काठमाडौं । भैरहवा-बुटवल सडकखण्ड विस्तारको काम लगभग सकिएको छ । यो क्रमसँगै अब रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकखण्ड आधुनिक स्वरुप पाउने भएकोे भएको छ । यो सडक विस्तारको जिम्मा भारतको गावार कन्सट्रक्सन कम्पनीले पाएको छ ।

अब भैरहवाबाट लुम्बिनीसम्मको १८ किलोमिटर सडक ४ लेनमा विस्तार हुनेछ । अहिले यो सडक २ लेनमा छ । लुम्बिनीबाट तोलिहवासम्म एक लेनमा रहेको सडक पनि अब २ लेनको बन्ने छ ।

१ अर्ब ९० करोड रुपैयाँमा कम्पनीले न्युनतम् ठेक्का हालेपछि उसैलाई जिम्मा दिन लागिएको छ । त्यसका लागि सडक विभागले दावी विरोधको सूचना निकालेको छ । यो प्रक्रिया सकिएपछि सम्झौता भएर तत्काल काम सुरु हुने सडक आयोजनाका इन्जिनियर प्रदीपराज शाक्यले बताए ।

पर्यटकीय हिसावले महत्वपूर्ण मानिएको सडकलाई विस्तार अब केही समयमै सुरु हुनेछ । सडक विभागले एसियाली विकास बैंकको ऋण सहयोगमा यो खण्डको विस्तार गर्न लागेको हो ।

तयारी पूरा

सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । डिटेल इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ । वातावरणीय प्रभावसहित स्थानीय सार्वजनिक सुनुवाइको काम पनि भएको छ ।

‘भैरहवाबाट लुम्बिनीसम्मको सडक साँघुरो हुँदा समस्या छ । पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रमा जानेका लागि हुने अनेकन समस्या हटाउने गरी काम सुरु हुन्छ’ इन्जिनियर महर्जनले भने ।

यो सडक आयोजनाका लागि एडीबीले सडक विभागलाई झण्डै साढे २ अर्ब बराबरको ऋण दिने समझदारी जनाएको थियो । तर, १ अर्ब ९० करोडमै ठेक्का अवार्ड हुने अवस्था आएको छ । एडिबीले दिने यो सहलियत ब्याजदरको ऋण हो ।

कस्तो बन्छ ?

भैरहवा-लुम्बिनी सडकखण्ड अहिले दुई लेन मात्रै छ । विस्तार भएपछि यो चार लेनको हुनेछ । दुई-दुई लेनको बीचको भाग ‘ग्रीनरी’का लागि छुट्याइनेछ ।

मिडियम भागलाई केही अग्लो रुपमा उठाइनेछ र त्यसमा बिरुवा रोप्न मिल्ने बनाइनेछ । यो भाग तीन मिटरको हुनेछ । विस्तार भएपछि डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।

लुम्बिनीदेखि तौलिहवासम्म भने २ लेनको मौ सडक बन्ने छ । तर, यो पुरै राजमार्ग छेउका बाक्लो बस्तीहरुमा ‘सर्भिस लेन’ पनि रहनेछन् । सडकको किनारमा बजार क्षेत्रमा सडक विस्तार गर्दा सर्भिस लेन पनि राखिने शाक्यले बताए ।

सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न र उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो । जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्ने विश्वास छ ।

साढे ३ वर्षमा सकिने

यो सडक विस्तार गरिसक्न काम सुरु भएपछि झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । त्यसपछि एक वर्ष यो सडक परीक्षण अवधिमा रहनेछ । ठकेदारले थप चार वर्षसम्म सडकमा कुनै समस्या आए आफैंले मर्मत सम्भार गर्नेछन् ।

तौलीहवासम्म नै ४ लेनको बनाउने भनिए पनि लुम्बिनी क्षेत्र विकास कोषले पुरातात्विक सम्पदाको जगेर्नाको विषयलाई ध्यानमा राख्दै तौलिहवासम्म २ लेनको मै सडक बनाउन अनुरोध गरेको थियो । त्यसैका आधारमा २५ किलोमिटर सडक भने २ लेनमा मात्रै विस्तार गर्न लागिएको हो ।

एसियाली विकास बैंकले साउथ एसियन सब रेजिओनल इकोनोमिक कोअपरेशन रोड कनेक्टिीभीटी प्रोजेक्ट अन्तर्गत यो सडकको विस्तारमा सहयोग गर्दैछ ।

मुग्लिन नारयणगढ सडक ४ लेनमा विस्तार भइरहँदा सडक विभागले नरायणगण्ढ बुटवल सडकलाई पनि ४ लेनमा विस्तार गर्न टेण्डरप्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । यसअनुसार अबको केही वर्षमा मुग्लिनबाटबाट लुम्बिनीसम्म ४ लेनको सडकमा यात्रा गर्न पाइनेछ ।

यो पनि पढ्नुस 

अब पोखरा पुग्ने सडक पनि चार लेनको बनाइने

 नागढुंगाको विकल्प सीतापाइला–धार्के सडक ! दुई लेनको बनाउन सुरु

नारायणगढ–बुटवल सडकः १६ अर्ब खर्चेर यसरी हुँदैछ विस्तार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment