Comments Add Comment

इरानको राष्ट्रपतिमा हसन रुहानी निर्वाचित

७ जेठ, तेहरान । इरानको राष्ट्रपतिमा हसन रुहानी पुनः निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा ५७ प्रतिशत मत प्राप्त गरी रुहानी पुनः चार वर्षे दोस्रो कार्यकालका निम्ति चयन भएका हुन् ।

कुल खसेको ४ करोड १२ लाख २० हजार १३१ मतमध्ये उनले २ करोड ३५ लाख ४९ हजार ६१६ मत पाए । यो ५७ प्रतिशत हो ।

रुहानीका निकटतम प्रतिद्वन्द्वी इब्राहिम राइजीले एक करोड ५७ लाख ८६ हजार ४४९ अर्थात् ३८.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

इरानको कानुनअनुसार मत नतिजामा चित्त नबुझेमा तीन दिनभित्र इरानको ‘गार्जियन काउन्सिल अफ कन्सटिच्युसन’ मा उजुरी दर्ता गर्न सक्ने प्रावधान छ । राज्यको केन्द्रीय व्यवस्थापिका भएका नाताले काउन्सिलले राष्ट्रपतीय निर्वाचनमाथि उठाइने उजुरमाथि विचार गरी नतिजालाई सदर वा बदर गर्ने कानुनी प्रावधान छ ।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न चाहेका १ हजार ६३६ जनाले गत अप्रिल २१ मा निवेदन दिए पनि ६ जना मात्र राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न योग्य ठानिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment