Comments Add Comment

अर्घाखाँची सेवा समाज कतारद्वारा साँस्कृतिक कार्यक्रम

अर्घाखाँचीमा एम्बुलेन्स उपलब्ध गराउने

२१ मे, कतार । अर्घाखाँची सेवा समाज कतारले बृहत साँस्कृतिक तथा मिलन समारोहको गरेको छ ।

संस्थाका अध्यक्ष ठाकुर कुमार परियारको सभापतित्व र क्रान्ति सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

महासचिव टेकराज थापाले सहजिकरण गरेको कार्यक्रममा अर्घाखाँची सेवा समाजका सल्लाहकार जितेन्द्र पाण्डे, एन. बि. रायमाझी, बेदराज अधिकारीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय चर्चित कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको उक्त कार्यक्रममा कतारमा बिशेष गरी जिल्लाबासीबीच आन्तरिक कार्यक्रम भए पनि सुभचिन्तक क्रियाशील बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, ब्यबसायी, बुद्धिजिबी,पत्रकार, कलाकार लगायत कतारको बिभिन्न क्षेत्रबाट जिल्लाबासी गैर जिल्ला बासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्ति सिंहले जिल्ला बासीको बाक्लो उपस्थिति रहेकोमा खुशि व्यक्त गरे ।

उनले संस्थाले जिल्लामा एम्बुलेन्स संचालन गर्ने घोषणा समेत गरेका छन् ।

टेकराज थापाबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment