Comments Add Comment

सूचीकृत जलविद्युत् कम्पनीहरुले विद्युत बेचेर कमाए २ अर्ब १७ करोड


७ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १४ जलविद्युत् कम्पनीमा ८ वटाको नाफा ३३ प्रतिशतले बढेर १ अर्ब ७० करोड पुगेको छ ।

चालु आवको तेस्रो त्रैमाश (गत चैत) सम्मको वित्तीय विवरण प्रकाशित गरेका अपि हाइड्रो, अरुण काबेली, अरुण भ्याली, बुटवल पावर, चिलिमे हाइड्रो, दिब्यश्वरी हाइड्रो, रिडी हाइड्रो र सानिमा हाइड्रोको नाफा बढेको हो । यसअघि यी संस्थाहरुको कुल नाफा १ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

प्रतिशतको आधारमा अपि हाइड्रोको नाफा सबैभन्दा धेरै १ सय ९० प्रतिशतले बढेर ४ करोड रुपैयाँ पुगेको छ । रकमको आधारमा भने चिलिमेको नाफा उच्च छ । कम्पनीको नाफा ६९ करोड रुपैयाँ नाफा गरेको हो तर यो दरमा गत आवको चैतको तुलनामा ०.७३ प्रतिशतले घटेको छ । त्यस्तै, अरुण काबेली र दिब्यश्वरी हाइड्रो भने नोक्सानमा नै छन् । यी कम्पनी क्रमशः २७ लाख रुपैयाँ र दिब्यश्वरी १ करोड ६७ लाख नोक्सानमा छ । यी दुवै कम्पनीको विद्युत बिक्री हुन सकेको छैन् ।

दिब्यश्वरीले भने जेठको तेस्रो साताबाट मात्र विद्युत् उत्पादन गर्न सक्ने उल्लेख गरेको छ । अरुण काबेलीको पनि निर्माण कार्य बाँकी रहेकोले विद्युत् उतपादन हुन सकेको छैन् ।

अन्य बाँकी ६ कम्पनीहरुको विद्युत् बिक्रीबाट भने २ अर्ब १८ करोडको कमाई भएको छ । अरुण भ्याली र रिडी हाइड्रोको यस्तो आय क्रमशः २४ र १९ प्रतिशतले घटेको छ । चिलिमेको यस्तो आम्दानी सबैभन्दा धेरै ८४ करोड रहेको छ । वृद्धि प्रतिशतको आधारमा भने सानिमा हाइड्रोको उच्च छ । सानिमाको आम्दानी १ सय ४२ प्रतिशतले बढेर ६३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीहरुले प्रशासनिक खर्च भने १२ प्रतिशतले घटाउन सफल भएका छन् । यस्तो खर्च कुल १२ करोड रहेको छ । यस्तो खर्च सबैभन्दा धेरै बुटवल पावर कम्पनीको रहेको छ । कम्पनीको प्रशासनिक खर्च ७ करोड ४५ लाख रहेको छ ।

उल्लेख गरेका बाहेक सबै विवरण रु करोडमा 

कम्पनीहरुको दिर्घकालिन तथा अल्पकालिन कर्जा तथा सापटी १० प्रतिशतले बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कम्पनीहरुले छुट्याएको ह्रास खर्च २ प्रतिशतले बढेर ३१ करोड रहेको छ । कम्पनीहरुको कुल चल दायित्वको तुलनामा कुल चल सम्पत्ती २ अर्ब ६८ करोड बराबर रहेको छ ।

बुटवल पावर कम्पनीको प्रतिसेयर आम्दानी सबैभन्दा उच्च ३७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ उच्च (२ सय ३५ रुपैयाँ) हुनेमा चिलिमे अगाडी छ । मूल्य आम्दानी अनुपात उच्च हुुने कम्पनीमा रिडी हाइड्रो (१ सय ९१ गुणा) रहेको छ ।

कम्पनीले गरेको १ रुपैयाँको आम्दानीलाई लगानीकर्ताले कति तिरिहरेका छन् भन्ने मूल्य आम्दानी अनुपातले देखाउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment