Comments Add Comment

सेयर बजारमा दोहोरो अंकको गिरावट, बढेन कारोबार


७ जेठ, काठमाडौं । साताको पहिलो दिन (आइतबार)को कारोबारमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
नेप्से १६.६३ अंकले घटेर १६२७ बिन्दुमा आइपुगेको हो । यस दिन कारोबार रकम समेत घटेर ६८ करोड १९ लाखमा सिमित भएको छ ।

बैंकहरुबाट सेयर कर्जा सहज रुपमा जारी नहुनु, व्याज दर उच्च हुनु, निक्षेपको ब्याज दर बढ्दै जानु, राजीतिक रुपमा पनि दलहरु बीच मत परिणामलाई लिएर असमझदारी बढ्नु लगायतको कारण लगानीकर्ताको मनोविज्ञानलाई प्रभाव परेको बोकर कम्पनीहरु बताउछन् ।

यस दिन उत्पादनमुलक तथा ‘अन्य’ बाहेक सबै समूहको परिसूचक घटेको छ । यसदिन पनि बोटलर्स नेपाल (तराई)को सेयर मूल्य बढेर कारोबार भएकोले उत्पादन मुलक समूहको परिसूचक पनि बढेको छ ।

यता, नेपाल टेलिकमको सेयर मूल्य ३ रुपैयाँले बढेपछि पनि ‘अन्य’ समूहको परिसूचकमा सुधार भएको हो ।

नेपाल इन्स्योरेन्स, जनता बैंक लगायतको सेयर कारोबार सबैभन्दा धेरै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment