Comments Add Comment

नेपालकी विशेषता बनिन् टर्कीमा ‘लिटिल मिस प्लानेट’

२१ मे, टर्की । टर्कीको बोड्रम सहरमा आयोजना गरिएको लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा नेपालकी विशेषता बुढाथोकीले मिस ट्यालेन्ट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी छन् ।

विशेषता बालुवाटार स्थित जोन डेवे स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा हुन् ।

बालबालिकाहरु सँँग सम्बन्धित अन्तराष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको यो प्रतियोगितामा विश्वका करिब ३६ बढी मुलुकका बालबालिकाको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा विशेषताको सहभागितालाई ईप्लानेटले व्यवस्थापन गरेको थियो ।

नेपालको प्रतियोगिता अन्तर्गत मिडिया ल्यान्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटल अन्तर्गतको लिटिल पि्रन्स एन्ड पि्रन्सेस २०१७ विधामा सेकेन्ड रनर्स अप भएकी विशेषताको अन्तराष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्यान्डले गरेको हो ।

उक्त प्रतियोगितामा सहभागी हुनु पूर्व विशेषताले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी आधारभूत पक्ष तथा प्रस्तुतिकरणका विषयमा कोरियोग्राफर रोजिन शाक्य सँँग प्रशिक्षण लिएकी थिइन् ।

विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए भने उनका पहिरन फेसन डिजाइनरद्वय उत्तम बनेपाली तथा जानकी श्रेष्ठले तयार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment