Comments Add Comment

सनराइज बैंकको सुर्खेतको विरेन्द्रनगरमा शाखा


७ जेठ, काठमाडौं । सनराइज बैंक लिमिटेडले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा नयाँ शाखा स्थापना गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल राष्ट्र बैंक, नेपालगञ्ज कार्यालयका निर्देशक गुरूप्रसाद पौडेल र सुर्खेत उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रकाश अधिकारीले शाखाको उद्घाटन संयुक्त रुपमा गरे ।

बैंकले साबिकको नारायणी नेशनल फाइनान्सलाई प्राप्ती गर्दा धनगढीमा दोहरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई विरेन्द्रनगरमा स्थानान्तरण गरिएको हो । शाखाबाट ग्राहकहरुलाई लकर ९सेवा समेत उपलब्ध गराइएको छ ।

बैंकले नेपाल अधिराज्य भर ६९ वटा शाखा र ७९ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बढीभन्दा बढी सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले कालिकास्थान र हेटौंडामा शाखा सञ्जाल विस्तार गर्दै छ ।
साथै, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भिएलएन काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा बैंकको १६ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment