Comments Add Comment

दुबईमा प्युठान स्वर्गद्वारी सेवा समाज गठन

२१ मे, दुबई । दुवईमा रहेको प्यूठान जिल्लाका नेपालीहरुले प्यूठान स्वर्गद्वारी सेवा समाज गठन गरेका छन् ।

बिभिन्न पेसामा कार्यरत ४० बढी प्युठानीहरुको उपस्थतिमा केशर केसीको अध्यक्षतामा भएको भेलाले १९ जनाको प्यूठान स्वर्गद्वारी सेवा समाज गठन गरेको हो ।

दुबईमा रहेका प्युठानीहरुको बिभिन्न समास्याको समाधान गर्नेका साथै प्युठानमा पर्न सक्ने बाढीपहिरो, अन्य आपतविपतका समस्याहरुको लागि सहयोग गर्ने उद्देश्यले समाज गठन गरिएको हो ।

समाजको अध्यक्षमा दुजमान सुनार, उपाध्यक्षमा इमानसिंह केसी, सचिवमा हेमन्त घिमिरे, सह सचिवमा हरि शर्मा गोराथोकी, कोषाध्यक्षमा ठगेन्द्र सुनार र बिक्रम बिष्ट, सदस्यहरुमा गोपाल सुनार, केशर केसी,कमल सिंह पुन, बिन्दु मल्ल लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment