Comments Add Comment

एउटै चुनाव दुई प्रधानमन्त्रीले गर्ने ? संसारमा यस्तो कहाँ छ ?

'पेश्की बजेट' बारे किन बोल्दैन एमाले ?

दुईवटा चरणमा गर्न लागिएको भए पनि यो चुनाव एउटै हो । एउटै चुनाव दुईजना प्रधानमन्त्रीले गराएको उदाहरण संसारमा कहाँ छ ? मलाई देखाइदिनोस् । एउटा चरणमा एउटा प्रधानमन्त्रीले चुनाव गराउने र अर्को चरणमा अर्को प्रधानमन्त्रीले गर्ने ? यो हुँदैन ।

आजका मितिले दोस्रो चरणको चुनाव आउन अब २४ दिनमात्रै बाँकी छ । अब प्रचण्डजीले भोलि पर्सितिर राजीनामा दिने हो भने पनि सरकार बनिसक्न जेठ १८/१९ गतेसम्म लाग्न सक्छ । राष्ट्रपतिले सहमतिको सरकारका लागि आह्वान गर्ने, त्यसपछि बहुमतीयमा जाने प्रक्रिया पूरा गर्नेतिर लाग्दा सरकारले पूर्णता पाउन ८/१० दिन नै लाग्न सक्छ । राष्ट्रपतिले यसलाई लम्ब्याइदिन पनि सक्नुहुन्छ ।

सरकार परिवर्तनसँगै गृहमन्त्री, रक्षामन्त्रीहरु फेरिन्छन् । नयाँ आउनेले के बुझेको हुन्छ ? गृहमन्त्री आएपछि हाम्रोमा सचिवहरुसमेत फेर्ने चलन छ । यस्तो अवस्थामा नयाँ मन्त्री आउनासाथ चुनाव गराउन कसरी सकिन्छ ? एमालेले चुनाव सार्ने भन्दैछ, चुनाव सार्नु हुँदैन, जेठ ३१ मै गर्नुपर्छ ।

त्यसैले नेताज्यूहरुलाई मेरो विनम्र आग्रह छ, यही सरकारबाटै दोस्रो चरणको स्थानीय निर्वाचन गराइयोस । शेरबहादुृरजीलाई विश्वास दैन भने प्रचण्डजीबाट लेखेर लिए भइहाल्यो । दोस्रो चरणको रिजल्ट नआइकन प्रचण्डजीले देउवाजीलाई ह्याण्डओभर गरे हुन्छ ।

प्रचण्डजी, देउवाजी र केपी ओलीजी मिलेर भावी सन्ततीहरुका लागि समेत गलत नजिरहरु बसाउँदै गइरहनुभएको छ । हामीले हाम्रा सन्ततिहरुलाई कस्तो संस्कार बसाउन खोजिरहेका छौं ?

आइजी प्रकरण, अदालतले गरेका कतिपय निर्णयहरु र प्रधानन्यायाधीशमाथिको महाअभियोग लगायतका विषयमा यस्तै गलत नजिरहरु बसाउने काम भइरहेको छ ।

बजेटबारे किन बोल्दैन एमाले ?

बजेटका विषयमा पनि मेरो आफ्नै धारणा छ । सरकार परिवर्तनमात्रै होइन बजेटका विषयमा पनि म नेताहरुको ध्यान आकृष्ट गर्न चाहन्छु । एमालेले किन बजेटका विषयमा बोलिराखेको छैन ? उसले बोल्नुपर्छ । हुन त म संविधानविद होइन तर जेठ १५ गते नै बजेट ल्याउनुपर्छ भनेर संविधानमा तोक्ने संसारमा कहाँ छ ? चुनावअघि बजेट ल्याउनु आचारसंहिता विपरीत हुन्छ । यस्तो खराब नजिर बसाउनुहुँदैन ।

चुनाव अगाडि जेठ १५ गते बजेट ल्याउनुको साटो संविधानको धारा निलम्बन गरेर असार १० गतेतिर बजेट ल्याए हुन्छ । जेठ १५ मा बजेट ल्याउनु आचारसंहिता विपरीत कार्य हो ।

म सुन्दैछु, सरकारले नीति तथा कार्यक्रम चाहिँ ल्याउने रे । अनि बजेटचाहिँ तीन महिनाको पेश्की बजेट ल्याउने रे । ‘नीति तथा कार्यक्रमचाचहिँ ल्याउने अनि बजेट चाँहि ३ महिनाको पेश्की बजेट किन ? हामीले हाम्रा सन्ततिका लागि कस्तो नजिर बसाउँदैछौं ? बरु धारा निलम्बन गरौं र असारमा बजेट ल्याऔं ।

(कांग्रेस नेता कोइरालासँग कुराकानीमा आधारित) 

याे पनि पढ्नुस् 

नयाँ डिस्कोर्सः दोस्रो चरणको चुनाव प्रचण्डकै नेतृत्वमा !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment