Comments Add Comment

यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी

'फेस अफ फेसिनो' को भोटिङ खुला


७ जेठ, काठमाडौं । मिस नेपाल २०१७ का प्रतियोगीहरुले शनिबार यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागिता जनाएका छन् । उनीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए ।

प्रतियोगीहरुलाई नेपाल प्रहरी अन्तर्गत सडक सुरक्षा युनिटका प्रहरी नायब उपरीक्षक सविन प्रधान,सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाका सर्टिफाइड प्रशिक्षक जीना गुरुङले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे जानकारी दिएका थिए । कार्यशालापछि उनीहरुलाई यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस) कार्यक्रममा प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।

मिस नेपालका प्रतियोगीहरु शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाए । उनीहरुले काठमाडौंका चार व्यस्त चोकमा पुगेर सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । साथै, उनीहरुले पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न मास्क वितरण गरेका थिए ।

महिला सशक्तिकरणबारे कार्यशाला

त्यसअघि मिस नेपाल प्रतियोगीहरुलाईबैंकर मेघा बैंकका चिफ अपरेटिङ अफिसर डा. रविना देशराज श्रेष्ठले महिला सशक्तिकरणबारे ओरियन्टेसन दिएकी थिइन् । उनले मिस नेपालको अन्तिम प्रतियोगितामा छानिनु आफैंमा ठूलो उपलब्धी भएको र यो उपलब्धीलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्ने बताइन् ।

‘मानिसहरुले चिनिने बन्नु भनेको आफ्नो लागि होइन । तपाईंहरु देशमा चिनिनु भनेको तपाईंहरुको विश्वसनीयता बढ्नु हो,’ उनले भनिन्, ‘सामान्य मानिसले भनेको भन्दा पनि परिचित अनुहारले भनेको कुरालाई समाजले विश्वास गर्छ । त्यसैले तपाईंहरुको परिचय समाजको हित हुने काममा प्रयोग गर्नुहोस् किनभने समाजले तपाईं भनेको कुरालाई बढी विश्वास गर्छ ।’
यसै सेसनमा मिस नेपाल प्रतियोगीहरुले स्कुटरले महिला सशक्तिकरणमा निभाएको भूमिकाबारे आफ्नो मत राखेका थिए ।

‘फेस अफ फेसिनो’ कन्टेस्टको सुरुवात


शनिबार नै’फेस अफ फेसिनो’ कन्टेस्टको औपचारिक सुरुवात गरिएको छ । यामाहाले मिस नेपाल २०१७ मा अघिल्लो वर्षमा झै टुह्विलर पार्टनरको भूमिका निभाएको छ । मिस नेपालका १९ प्रतियोगीमध्ये एक जनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिनेछ । यो टाइटलको विजेताको छनोट डा. रविना देशराज श्रेष्ठ, निलम चन्द र ओसिमा बानुको निणर्ायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङमार्फत् हुनेछ ।

पब्लिक भोटिङ ५ जेठबाट १९ जेठ अपरान्ह ३ बजेसम्म खुल्ला रहनेछ । साथै, ‘फेस अफ फेसिनो’को लागि भोटिङ गर्नेमध्ये एक जना भाग्यशाली भोटरले सामसुङको लेटेस्ट मोडेल एस८ मोबाइल जित्न सक्नेछन् । यामाहाले मिस नेपाल २०१७ का विजेता र ‘फेस अफ फेसिनो’ का विजेतालाई एउटा एउटा फेसिनो स्कुटर उपहारमा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment