Comments Add Comment

पाँच वर्षपछि रियल मड्रिडले जित्यो ला लिगा

८ जेठ, काठमाडौं । मालागालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । रियलले सन् २०१२ पछि पहिलो पटक घरेलु लिगको उपाधि उचालेको हो ।

उपाधिका लागि रियल मड्रिडलाई कम्तिमा बराबरी चाहिएको थियो, जुन खेलमा मालागामाथि २–० सहज जित हात पारेको छ ।

मालागाको घरेलु मैदानमा भएको खेलमा रियलले दोस्रो मिनेटमा नै क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे ।

खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले उपाधि पक्का गरेको छ ।

पछिल्लो दुई सिजन घरेलु लिग जितेको बार्सिलोनाले अन्तिम खेलमा एइबरलाई ४–२ ले हरायो । तर, उपाधिका लागि पर्याप्त भएन ।

रियल मड्रिड च्याम्पियन्स लिगको पनि फाइनलमा पुगिसेको छ । यदि उसले युभेन्टसलाई हराउन सक्यो भने च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो क्लब बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment