Comments Add Comment

मुम्बई इण्डियन्स बन्यो आईपीएल च्याम्पियन, पुने १ रनले पराजित

८ जेठ, काठमाडौं । राइजिङ पुने सुपरजायन्टलाई १ रनको झिनो अन्तरले हराउँदै मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ ।

आइपिएलको दशौं संस्करणसम्म आइपुग्दा मुम्बईले प्रतियोगिताको उपाधि जितेको यो तेस्रो पटक हो । उसले यसअघि २०१३ र २०१५ मा प्रतियोगिताको उपाधि जितेको थियो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२९ रन जोडेको थियो । सुरुवाती ब्याट्सम्यानहरु निरिह बन्दा मुम्बई झिनो योगफलमै समेटिने खतरा बढेको अवस्थामा क्रुणल पण्ड्याले पाचौं नम्बरमा आएर ४७ रनको ठोष पारी खेले । उनी इनिङको अन्तिम बलमा क्याचआउट हुन पुने । यसअघि कप्तान रोहित शर्माले पनि २४ रन बनाएका थिए ।

पुनेका बलरहरुको कसिलो बलिङ पहिलो इनिङमा दर्शनीय थियो । उसका जयदेभ उनाकान्त, एडम जाम्पा र ड्यानियल क्रिष्टियनले २/२ विकेट लिए ।

१३० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पुनेको हालत पनि पहिलो इनिङको मुम्बईकै जस्तो भयो । ओपनर अजिंक्या राहणे र कप्तान स्टिभ स्मिथले क्रमसः ४४ र ५१ रनको पारी खेलेपनि पुनेले निर्धारित ओभरमा १२८ रनमात्र बनाउन सक्यो । यसबीचमा उसले ६ विकेट गुमाएको थियो ।

पुनेलाई सस्तैमा समेट्न मुम्बईका मिचेल जोन्सनले ३ र जसपि्रत बुम्राहले २ विकेट लिए ।

प्रतियोगिताभर ६४१ रन बनाएका सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर उत्कृष्ट ब्याट्सम्यान तथा बलर भुवनेश्वर कुमार २६ विकेटसहित उत्कृष्ट बलर चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment