Comments Add Comment

मेस्सी बने ला लिगाको टप स्कोरर, रोनाल्डो कति औं स्थानमा ?


८ जेठ, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा सिजनको टप स्कोरर बनेका छन् ।

अन्तिम खेलमा दुई गोल गरेका उनले यो सिजन लिगमा ३४ खेल खेल्दै ३७ गोल गरे । उनले टिममेट लुइस स्वरेज र चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् ।

मेस्सीले २०१३ पछि पहिलो पटक पिचिची अवार्ड हात पारेका हुन् । गत वर्षको विजेता लुइस स्वरेज २९ गोलका साथ दोस्रो स्थानमा रहँदा रोनाल्डो २५ गोलका साथ तेस्रो स्थानमा रहे ।

उत्कृष्ट गोलकिपर भने एथ्लेटिको मड्रिडका जान ओब्लेक रहे । लिगमा यो सिजन २९ खेल खेलेका उनले मात्र २१ गोल खाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment