Comments Add Comment

जिउँदो अक्टोपसदेखि विषालु भ्यागुतासम्म : दुनियाँका १० खतरनाक भोजन

यो दुनियाँ अनौठा चालचलन तथा कुराहारुले भरिएको छ । विश्वमा अनेकन खतरनाक जिवजन्तु तथा वनस्पतीहरु छन् । तर सबैभन्दा खतरनाक चाहीँ मानिस नै हो । किनकी मान्छेले सबै खतरनाक भनिएका चिजहरुलाई आफ्नो वशमा लिएको छ । अझ विषले भरिएका जिवहरुलाई त आफ्नो भोजन नै बनाएको छ । हेरौँ दुनियाका दश सबैभन्दा खतरनाक खानेकुराहरु:

· अफ्रिकीहरु अफ्रिकन बुल फ्रग प्रजातिको भ्यागुता निकै स्वादिलो मानेर खान्छन् । उनीहरु भ्यागुताको खुट्टा मात्र होइन, पूरै जिउ नै खाने गर्दछन् । यो भ्यागुता निकै विषालु हुन्छ ।

· जो मानिस मांशाहारी हुन्छन् उनीहरुले खाने जिवजन्तुको मासु पकाएर खान्छन् । तर यो चलन कोरियामा लागु हुँदैन । दक्षिण कोरियालीहरु जिउँदो अक्टोपस खानुमै मज्जा लिन्छन् ।

· च्याउ खानुमा त निकै स्वादिलो हुन्छ । तर कतिपय जंगली च्याउहरु विषालु हुन्छन् र मानिसको ज्यानै लिन सक्दछन् । तरपनि कतिपय फिरन्ते आदिवासीहरुले जंगली विषालु च्याउहरु समेत खाने गर्दछन् ।

· फुगु नामक माछा विश्वको सबैभन्दा खतरनाक माछा हो । यो माछाको सरीरभित्र रहेको एउटा विषालु भाग साइनाइड नामक विष भन्दा १२ सय गुणा विषालु हुन्छ । तर जापानीहरु उक्त माछाको त्यो विषालु भाग पहिचान गरेर त्यसलाई हटाएर समेत त्यो विषालु माछाको भोजन गर्दछन् ।

· शार्क माछा विषालु हुन्छ । यसमा पिसाबनली नहुने हुनाले यसको मासुमा विषाक्त पदार्थ जम्मा भएको हुन्छ । तर ग्रिनल्याण्डमा चाहीँ हाकार्ल शार्क माछाको मासु शार्ककै तेलमा तारेर मज्जाले खाइन्छ ।

· एकी नामक फल जमैकामा निकै खाइन्छ । यदि यो फललाई नपकाइकन खाने हो भने यो निकै खतरनाक हुन्छ । यसले निरन्तर बान्ता गराएर मानिसको ज्यानै लिनसक्दछ ।

· कसावा नामक कन्दमुललाई अफ्रिका र दक्षिण अमेरिकामा मज्जाले खाइन्छ । तर यो फललाई यदि राम्रो सँग नपखाल्ने र नपकाइकन खाने हो भने मानिसको ज्यानै जानसक्दछ ।

· क्यासवेस नट नामक फलमा पनि निकै खतरनाक तत्व पाइन्छ । तर यसले सबै मानिसलाई असर गर्दैन । कतिपय मानिसलाई चाहीँ यसले एलर्जी गराउँदछ र ज्यानै जान सक्दछ ।
· रुहबार्ब नामक सागको पात निकै विषालु हुन्छ । तर यसको पात हटाएर डाँठ खानुको मज्जा चाहीँ बेग्लै हुन्छ ।

· यदि तपाइँलाई एलर्जी छ भने गंगटो, झिँगे माछा जस्ता सामुद्रिक खपटे जिवहरु नखानु नै बेस हुन्छ । यसले जिउ चिलाउने, पेट दुख्ने, जिउ दुख्ने जस्ता समस्या पैदा गर्न सक्दछ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment