Comments Add Comment

साउदीबाट छोरा फर्काउन ९० लाख खोज्दै ठूलोकान्छा, भन्छन्-ज्यानै आधा भो !


८ जेठ, काठमाडौं । मकवानपुरको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका (मार्खु-८) का ठूलोकान्छा गोलेले छोरा विदेश पठाउँदा लागेको २ लाख रुपैयाँ ऋण तिर्न सकेका छैनन् । कमाउन भनेर हिँडेको उनका छोरा दिनेश गोले विदेशमै ‘बन्धक’ भएका छन् ।

४ वर्षअघि छोरा विदेश पठाउन जग्गा बन्धकी राखेर लिएको ऋण तिर्न नपाउँदै ठूलोकान्छालार्इ विदेशबाट छोरा फर्काउन ९० लाख रुपैयाँ जुटाउनुपर्ने अवस्था आर्इपरेेको छ ।

दिनेश यतिबेला साउदी अरबमा फर्किन नपाउने गरी अदालतको तारेखमा छन् । सवारी चलाउन साउदी पुगेका उनलाई सडक दुर्घटनामा दोषी ठहर गर्दै त्यहाँको अदालतले ९० लाख रुपैयाँ ब्लडमनी मागेको छ । उनी जेलमा बस्नु नपरेपनि नेपाल फर्किन उनलाई ९० लाख रुपैयाा जसरी पनि चाहिएको छ ।

‘हामीलाई त पहिरो खसे जस्तो भएको छ’ दिनशेका बुबा ठूलाकान्छा भन्छन्,’ जग्गा धितो राखेर पठाएको त्यसलाई । त्यो पनि तिर्न सकेको छैन, अब छोरा नेपाल ल्याउन ९० लाख रुपैयाँ चाहिने भयो रे ! ‘

अहिले परिवारको लागि खर्च जोहो गर्ने र नातिलाई बाबुसरहको अभिभाकत्व पनि ठूलोकान्छाले दिनु परेको छ ।

अरबमा ‘थुनिएका’ दिनेशले कक्षा ७ सम्म मात्रै अध्ययन गरेका छन् । गोले परिवारको आर्थिक अवस्था निकै कमजोर छ । केही गरिबी मेट्न भन्दै विदेशिएका थिए, दिनेश । परिवारको अवस्था नबदलिँदै छोराको ज्यान बचाउन ९० लाख रुपैयाँ कसरी जुटाउने भन्ने ठूलाकान्छा सोच्न पनि सक्दैनन् ।

‘यतिको पैसा जोहो गर्ने त हाम्रो छेउछाउको कुरा नै भएन । पुरानै ऋणले थलिएका हामीलाई यस्तो बज्रपात पर्‍यो’ ठूलोकान्छा भन्छन्,’कसैले सहयोग गरे दिनेश फर्किन पाउँथ्यो कि ?’


दिनेश नेपालबाट जाँदा २ वर्षे श्रम अवधि राखेर गएका थिए । दिनेश सडकमा रोपिएका बिरुवामा पानी हाल्ने ट्यांकर चलाउँथे ।

उनी कार्यरत कम्पनीमा करार अवधि सकिदाँ समेत नेपाल फिर्ता हुन दिएन र पुनः १ वर्ष अरु बस्नुपर्ने बाध्य गरायो । थप एक बर्ष नबस्ने भए ३० हजार सउदी रियाल तिरेर मात्र नेपाल जान पाउने भन्दै कम्पनीले रोक्यो ।

गत अक्टोबरमा पानी हाल्न सडक छेउमा रोकिएको दिनशेले चलाउने ट्यांकरमा पछाडिबाट एउटा कार आएर ठोकिएको थियो । दुर्घटनामा ४ जनाले ज्यान गुमाएका थिए ।

सुरुमा तीन दिन मात्रै जेल बसेका उनी छुटेर काम गर्न थालेका छन् । ९ महिनापछि आएको अनुसन्धान रिर्पोटमा दिनेशलाई घटनामा २५ प्रतिशत दोषी ठहराइयो । उनले ट्यांकर रोक्दा सूचना बोर्ड देख्ने गरी नराखेको आरोप लगाइयो ।

अदालतले त्यसैका आधारमा दोषी ठहर गर्दै दिनेशलाई प्रतिमृतक ७५ हजार रियाल अर्थात ३० लाख रियाल ९९० लाख रुपैयाँ० ब्लड मनी तिनुपर्ने फैसला सुनायो । त्यसपछि दिनेश जेल नगएपनि तारेखमा अदालतमा धाइरहेका छन् ।

अब ९० लाख नतिरी दिेश फर्किन पाउने छैनन्, तर, उनको कमाइले घरको ऋण पनि तिर्न सकेको छैन । त्यसले दिनेशका बाबु ठूलोकान्छा छोरालाई फिर्ता ल्याउन पहल र सहयोग माग्दै काठमाडौंका विभिन्न निकायमा धाइरहेका छन् ।

‘सरकारले पहल गरे उसलाई फिर्ता ल्याउन सकिन्थ्यो होला’ उनी भन्छन्,’खै यहाँ त कसैले पनि सुन्दैनन् । छोरा कसरी फर्केला भन्ने पीरले आधा ज्यान आधा भइसक्यो । अहिलेसम्म केही राम्रो संकेत मिलेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment