Comments Add Comment

दोस्रो चरणमा इजरायल जानेको नामावली सार्वजनिक (सूचीसहित)


८ जेठ, काठमाडौं । दोस्रो चरणमा केयर गिभरमा इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएका ६० जनाको नाम प्रकाशित गरेको छ ।

अब अन्तिम छनौटमा परेकाहरुको स्वास्थ्य परीक्षण हुनेछ । त्यसमा सफल हुनेहरुलाई तत्काल इजरायल पठाउन सुरु गरिने विभागले जनाएको छ ।

कामदार छनोट इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीआईबीए) ले छनोट गर्ने गरेको छ । अन्तिम चरण्मा इजरायलले १८ जना पुरुष र ४२ जना महिलालाई केयर गिभरका रुपमा लैजाने भएको छ ।

अब अभिमूखीकरण तालिम पनि लिएर इजारयल पठाउने काम सुरु हुनेछ । पहिलो चरण्मा पनि इजरायलले ५९ जनालाई लगेको थियो ।

यो पटक इजरायलमा केयर गिभरका रुपमा जान १४ सय ७७ जनाले आवेदन दिएका थिए ।

कस्तो श्रम गन्तव्य हो इजरायल ?

इजरायलको कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहाने नेपालीका लागि राम्रो गन्तव्य मानिएको छ ।

इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने दुर्इ मुलुकबीचको एमओयूमा उल्लेख छ । यसैअनुसार दोस्रो चरणमा कामदार छनोट गरिएको हो ।  इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिएको छ ।

विभागले पहिलो चरणका लागि गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए ।

यसरी जाने कामदारले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउनेछन् । इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चलगायत गरी लगभग ९५० डलरमात्रै तिर्नपर्छ ।

सूची हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment