Comments Add Comment

यस्तो छ विल्सनले खेलेको बलिउड फिल्मको टिजर


नेपाली चलचित्रका चर्चित अभिनेता विल्सन विक्रम राइले एक बलिउड चलचित्रमा काम गरेपछि त्यसले खुबै चर्चा पायो । बलिउड नायिका आयषा टायिकासँग विल्सनले पर्दा शेयर गरेका हुन् ।

बलिउडमा नेपाली चलचित्रका कलाकारले अभिनय गरेपनि प्रचार सामाग्रीमा भने उनीहरुको खासै चर्चा भएको पाइदैन । यसैले, बलिउड चलचित्र खेल्दा चर्चा पाएका विल्सनले प्रचार सामाग्रीमा भने कस्तो स्थान पाउने हुन् भन्ने धेरैलाई लागेको थियो ।

तर, सार्वजनिक भएको चलचित्र ‘बोरिभाली का व्रुस ली’को टिजरमा भने विल्सनले राम्रो स्थान पाएका छन् । उनी, नायिका आयष टाकियासँग दमदार भूमिकामा देखिएका छन् । विल्सन निर्मित तथा अभिनित चलचित्र ‘रातो घर’ जेठ १९ गतेबाट नेपालभर रिलिज हुँदैछन् ।

बलिउडमा समेत स्थापित हुने तयारीमा रहेका विल्सन ‘रातो घर’बाट पनि आफू उत्साहित भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment