Comments Add Comment

दोस्रो चरणको चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

८ जेठ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको चुनावमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

सुरक्षा परिषदको सिफारिसमा सरकारले जेठ ३१ को चुनावमा सेना परिचालनको निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा पनि सेना परिचालन गरिएको थियो । ‘व्याकअप फोर्स’का रुपमा परिचालिन हुने नेपाली सेना चुनावी सुरक्षाको तेस्रो घेरामा मात्र बस्नेछ ।

पहिलो घेरमा नेपाल प्रहरी र जनपद तथा दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment