Comments Add Comment

परराष्ट्रमन्त्रीसँग युरोपेली सांसदहरुको भेट

८ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतसँग युरोपेली संसदका सदस्य जिन लाम्बार्टको नेतृत्वमा आएको युरोपेली सांसदहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।

युरोपेली संसदको दक्षिण एसिया मामिलासम्बन्धी अध्यक्ष समेत रहेका लाम्बार्टको नेतृत्वमा हाल नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा उनीसहित चार जना सांसद थिए ।

परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, नेपालको वर्तमान राजनीतिक तथा अन्य समसामयिक विषय र नेपालमा हालै सम्पन्न्ा भएको स्थानीय तहको निर्वाचनका बारेमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा.महतले नेपालको शान्ति प्रक्रिया र नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउदै आएको सहयोग र सद्भावप्रति धन्यवाद ज्ञापनगर्दै आगामी दिनमा पनि यस्तो सहयोग र सद्भावको निरन्तरताको अपेक्षा गरिएको बताए ।

भेटमा युरोयिन युनियनका सांसदहरुले द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment