Comments Add Comment

काठमाडौं महानगरको १ लाख भोट गनियो, कसले कति पाए ?

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको १ लाख मत गणना सकिएको छ । यसका लागि ८ दिन लाग्यो । अझै झण्डै ७२ हजार मत गणना गर्न बाँकी नै छ । निर्वाचन अधिकारीहरुका अनुसार महानगरमा १ लाख ७२ हजार बढी मत खसेको छ ।

सोमबार साँझ १ लाख मत गणना भइसक्दा मेयरमा एमालेका विद्यासुन्दर शाक्यले ९ हजार बढी मत अन्तरको अग्रता लिएका छन् । उनले ३२ हजार ३८८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले २३ हजार २१८ मत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शना छिन् । उनले १२ हजार ५६२ मत पाएकी छन् । चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले ९ हजार ५१२ मत पाएका छन् भने माओवादीका सर्वोत्तम डंगोलले ३ हजार ५९३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment