Comments Add Comment

बूढानीलकण्ठको मेयरमा एमालेका उद्धव खरेल विजयी

८ जेठ, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी भएका छन् ।

नेपाली कांग्रेसका राजु श्रेष्ठलाई ४ हजार बढी मतान्तरले पराजित गर्दै खरेल विजयी भएका हुन् । खरेलले १३ हजार २४६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ८ हजार ९२७ मत पाए ।

उपमेयरमा एमालेकै रमा राई विजयी भएकी छन् । उनले १३ हजार १८८ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment