Comments Add Comment

रातो मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्‍याइयो (फोटो फिचर)

८ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जाउलाखेल लगिएको छ । लगनखेलमा रहेको रथ तानेर जाउलाखेल लगिएको हो ।

बिहीबार भोटो देखाइने कार्यक्रम छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ । भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरू जाने छन् ।

पुल्चोकमा बनाइएको रथ  ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ ।नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment