Comments Add Comment

म्यानचेष्टर एरिनामा विस्फोट, १९ को मृत्यु, ५० घाइते

९ जेठ, काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा भएको बम विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् ।

विस्फोट म्यानचेष्टर एरिनामा भएको हो, जहाँ अमेरिकी गायक एरिआना ग्रान्डेको पप कन्सर्ट भइरहेको थियो । कन्सर्ट सकिएलगतै दुई विस्फोट भएको थियो । त्यसबेला बेलायती समय अनुसार रातको साढे १० बजेको थियो ।

विस्फोटको कारण खुलेको छैन । तर, बेलायती प्रहरीले चरमपन्थी हमलाका रुपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment