Comments Add Comment

यहाँ खुल्दैछ ‘मुसा क्याफे’

के तपाइँ मुसासँग मित्रता गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यो क्याफेमा जान सक्नुहुन्छ ।

उसो त कुनै रेष्टुरेन्ट तथा क्याफेमा मुसा हुनु भनेको फोहोरको संकेत हो र त्यस्ता रेष्टुराँ तथा क्याफेमा जान मानिसहरु रुचाउँदैनन् । त्यसैले मुसा मार्न अनेक उपाय अपनाइएको हुन्छ । तर अमेरिकाको सन फ्रान्सिस्कोमा एउटा यस्तो क्याफे खुल्दैछ जहाँ मुसाको आगमनलाई स्वागत गरिन्छ ।

उक्त क्याफेमा तपाइँ मुसासँग बसेर कफी पिउन सक्नुहुन्छ । त्यहाँ तपाइँ एउटै टेबलमा बसेर मुसासँग केबल कफी पिउने मात्र होइन मुसासँग मित्रता पनि गाँस्न सक्नुहुन्छ । कुनै मुसा मन पर्यो भने तपाइँले त्यसलाई घरमा पाल्नका लागि समेत लैजान पाउनुहुन्छ ।

यो क्याफेको नाम ब्लाक र्याट क्याफे हो । मुसालाई प्रेम गर्ने मानिसहरुको ध्यान खिच्ने प्रयास यसले गर्नेछ छ । यो मुसा क्याफे अलिक महंगो चाहीँ हुनेछ । यसमा एक कप कफी पिउनका लागि ५० अमेरिकी डलर तिर्नुपर्नेछ ।

क्यालिफोर्नियाको रेट्टी रेट्ज नामक संस्थाले यो क्याफे सञ्चालन गरेको हो । मुसा पालनलाई प्रेरित गर्ने यसको उद्देश्य रहेको छ ।

यो क्याफे आगामी जुलाई १ देखि ८ तारेखसम्म मात्र खुल्ने बताइएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment