Comments Add Comment

तिम्ल्याहा दिदी बहिनीले मनाए ८० औँ जन्मदिन

बेलायतको बर्मिंघममा बस्ने मेरी, मार्गेट र लीच नामका तिम्ल्याहा दिदी बहिनीले आइतबार आफ्नो ८० औँ बर्थडे मनाए ।

२० मे, १९३७ मा जन्मिएका यी तिम्ल्याहा एउटै अनुहारका छन् । ८० वर्ष पहिले तिम्ल्याहा भएर जन्मिएपनि उनीहरुले सही लालन पालन पाएछन् र स्वस्थ भएर हुर्किए । यी तिम्ल्याहा बेलायतका सबैभन्दा पाका जुम्ल्याहा सन्तान हुन् ।

यी तिम्ल्याहाको जन्म कहानी पनि निकै रोचक छ । यिनीहरुकी आमा मेबलले एउटा मात्र बच्चा जन्माउन चाहन्थिन् । तर नियतीले अरु नै चाहेको थियो ।

तिनजना बच्चा एकसाथ जन्माउँदा मेबल निकै आत्तिएकी थिइन् । तर जन्मिएसँगै उनले तिम्ल्याहा छोरीको राम्रो स्याहार सुसार गरिन् ।

यद्यपि आमा मेबल अहिले यो दुनियामा छैनिन् तर उनका तिम्ल्याहा छोरीहरुले भने ८० औँ बर्थले सँगै मनाएका छन् । उनीहरुले सुखी जिन्दगी जिइरहेका छन् । सबैका नाति नातिनी भैसकेका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment