Comments Add Comment

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको बिजयी सुरुवात

९ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले बिजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित टियू मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको उदघाटन खेलमा आर्मीले पूर्वाञ्चल बिकास क्षेत्रको टिमलाई ९ विकेटले पराजित गर्‍यो ।

पूर्वाञ्चलले दिएको १०४ रनको लक्ष्य आर्मीले १८.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर महेश क्षेत्री इनिङको पहिलो बलमै आउट भएपनि अनिल मण्डल र सागर पुनले १०७ रनको अविजित साझेदारी गर्दै आर्मीलाई जित दिलाए ।

मण्डलले ६३ बलमा ८ चौकाको सहयोगमा ५६ रनको अर्धशतकीय पारी खेल्दा पुनले ४८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाए । उसले अतिरिक्त ११ रन पाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि मेहवुव आलमले सर्बाधिक ३६, बिधान गोस्वामीले १९ र अंकित सुुवेदीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पूर्वाञ्चललाई सस्तैमा समेट्न आर्मीका सागर पुनको बलिङ शानदार रहृयो । उनले ९ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै शुसान भारीले ३ तथा सोमपाल कामीले पनि २ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन म्यान अफ द म्याच चुनिए । उनले नगद ५ हजार पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment