Comments Add Comment

बिहेको दिन र त्यसपछि के गर्ने ? दुलहीका लागि टिप्स

बिवाह तथा त्यसको केहि दिनसम्म नव-दुलहीले अनेकन रीति-रिवाज निभाउनु पर्छ, जो उनको निम्ति एकदमै नयाँ अनुभव हो । यस्तो अवस्थामा के गर्ने, कसरी विधीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

बिवाह एक लामो प्रक्रिया हो, जसमा तपाईको धैर्यता आवश्यक हुन्छ । आगन्तुहरुको ध्यान दुलहीमा केन्दि्रत हुन्छ । सबैले उनीमाथि निगरानी राखिरहेका हुन्छन् । पाहुना, आगन्तुक, इष्टमित्र सबै भेट्न आउँछन् । त्यसैले हरेक कदममा होस पुर्‍याउनुपर्छ र आत्माविश्वास कायम राख्नुपर्छ । बिवाह समारोह भइरहेको बेला वा बिवाहको केही दिनसम्म नव-दुलहीले के गर्ने ?

–    हिँडडुल गर्दा धेरै झुकेर हिँड्नु हुँदैन ।

–    हिँडडुल गर्दा हतारमा पाइला चाल्नु हुन्न ।

–    आवाजमा मिठास हुनुपर्छ । रुखो बोलीले तपाईप्रतिको दृष्टिकोण नकारात्मक हुनसक्छ ।

–    ओंठमा मुस्कान ल्याउनुहोस् ।

–    हिँडडुल गर्दा, खानेकुरा सेवन गर्दा शिष्टचार अपनाउनुहोस् ।

–    बसेको बेलामा स्वभाविक मुद्रामा बस्नुहोस् ।

–    बिवाहको विधीहरु नियमपूर्वक र हार्दिकतापूर्वक पच्छ्याउनुहोस् ।

–    कसैसँग कुराकानी गर्नुअघि कस्तो शिष्टचार पालना गर्नुपर्ने हो, सो कुराको ख्याल गर्नुहोस् ।

–    खानपानमा सर्तक रहनुहोस् । यस्तो अवस्थामा पेटमा गडबडी हुनसक्छ, सन्तुलित र ताजा खानेकुरा मात्र सेवन गर्नुहोस् ।

–    कुनैपनि काम पूर्ण आत्माविश्वासका साथ गर्नुहोस् ।

परिधान र श्रृंगार

–    दुलहीको पहिरन विशेष किसिमको हुन्छ र भारी पनि हुन्छ । त्यसैले पहिरन लगाउनुअघि त्यसलाई कसरी सम्हाल्ने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ ।

–    नयाँ स्यान्डिल वा चप्पल लगाएर बाहिर निस्कनुअघि कोठामै केहि समय अभ्यास गर्नुहोस्  ताकि, त्यो आरमदायक महसुष होस् ।

–    मेकअप धेरै भद्दा हुनुहुँदैन । राती सुत्नुअघि मेकअप उतारेर मात्र सुत्नुहोस् ।

–    बाथरुममा गएको बेला वा नुहाइसकेपछि आफ्नो गर-गहना सहि ढंगले राख्नुहोस् ।

–    आफ्नो पर्स आफैसँग राख्नुहोस् ।

–    धेरै पसिना आउँछ भने त्यसको लागि छुटै रुमाल एवं कपडाको व्यवस्था गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment