Comments Add Comment

बलत्कार गर्न खोज्ने स्वामीको लिंग च्वाट्टै पारिन् भारतीय युवतीले

एक भारतीय युवतीले आफूलाई बलत्कार गर्न खोज्ने एक साधुको लिंग च्वाट्टै काटिदिएकी छिन् । उनको साहसिक कार्यले सामाजिक सञ्जालमा खुबै प्रशंसा पाएको छ ।

भारतीय संचारमाध्यमका अनुसार धर्मगुरु हरी स्वामीले २३ वषिर्या युवतीलाई पाँच वर्षदेखि यौन शोषण गर्दै आएका थिए । अति भएपछि युवतीले तकियामुनी राखेको चक्कु झिकेर स्वामीको लिंग काटिदिएकी हुन् ।

तर, ती स्वामीले भने आफ्नो लिंग आफैंले काटेको हाँस्यास्पद दावी गरिरहेका छन् । घटना भएको स्थान केरला राज्यका मुख्यमन्त्री पिनारयी विजयनले युवतीले चालेको कदम साहसिक र प्रशंसनीय रहेको बताए ।

पिडित युवती कानूनकी विद्यार्थी हुन् । उनी केरलाको राजधानी थिरुभनाथपुरममा रहेको आफ्नो घरमा रहेका बेला ५४ वषिर्या स्वामीले उनीमाथि जाइलागेका थिए । युवतीको परिवारले उनलाई गुरु मान्दै आएको थियो । युवतीमाथि स्वामीले यस्तो हर्कत गरिरहँदा घरमै रहेको परिवार भने बेखबर रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रमुख जि स्पार्जन कुमारले भने, ‘लिंग काटिएपछि हरी स्वामीलाई गम्भीर अवस्थामा नजिकैको सरकारी अस्पतालमा पुर्‍याइएको थियो ।’

आपत्कालिन उपचारपछि अहिले उनको अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कुमारका अनुसार प्रहरीले स्वामीविरुद्ध बलत्कार तथा यौन शोषणको मुद्दा दायर गरेको छ ।

‘ती युवतीले हामीलाई बताएकी छिन् कि उनको परिवार स्वामीको अन्धभक्त थियो । घरमा विभिन्न बहानामा उनी आइरहन्थे र परिवारले उनलाई न्यानो आतिथ्य दिन्थ्यो,’ कुमारले भने ।

केही चरणको काउन्सिलिङपछि युवतीलाई प्रहरीको संरक्षणमा राखिएको छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment